Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:04:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिमा जिआईसी इन्स्योरेन्सले डाक्यो एजीएम, २५% हकप्रद निष्कासनको प्रस्ताव पारित हुने

Laxmi Sunrise Bank Limited
सानिमा जिआईसी इन्स्योरेन्सले डाक्यो एजीएम, २५% हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
Shivam Cement

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी चैत २३ गते काठमाण्डौ,कालिकास्थानमा रहेको अमृतभोगमा बिहान ११ बजे आयोजना हुनेछ ।  

Bizshala
New Office
CG Motors

उक्त सभामा चुक्तापूँजी २ अर्बको २५ प्रतिशत(१.०.२५ अनुपात) बराबर ५० करोड रुपैयाँको हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.