काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नेप्सेको नाम दुरुपयोग गरेर भईरहेको विभिन्न प्रकारका ठगी तथा जालसाजीबाट बच्त तथा सचेत रहन आग्रह गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
केहि समययता नेप्सेको नाममा सामाजिक सञ्जालहरुमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियोअडियो लगायतका झूठा दाबीहरू देखिन थालेका छन्। यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पार्ने गरेको नेप्सेले जनाएको छ ।
यस सन्दर्भमा नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने मूल्य नतोक्ने नेप्सेले प्रष्ट पारेको छ । त्यस किसिमका सामग्री नितान्त भ्रामक र अनधिकृत भएको नेप्सेले जनाएको छ ।
‘नेप्सेले सूचना÷प्रेस नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्छ । नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने, एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध हुन्। हल्ला, उक्साहट, अनधिकृत च्याट ग्रुपरक्लबहाउस र टेलिग्राम लगायतका आधारमा कारोबार नगर्नुहोस्,’ नेप्सेद्वारा सूचनामा उल्लेख छ ।
नेप्सेको नाम÷लोगो÷भवनको तस्वीर प्रयोग गरेर एप÷पेज÷समूह बनाइएका माध्यमहरुमा व्यक्तिगत विवरण नदिन आग्रह गर्नुका साथै कसैलाइ पनि आफ्नो पासवर्ड नदिन नेप्सेले सचेत गराएको छ ।
शंकास्पद सामग्री देखिएमा स्क्रिनसट÷लिङ्क सहित नेप्सेलाई [email protected] मार्फत जानकारी दिन समेत नेप्सेले आग्रह गरेको छ ।