काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ‘भिजिट नेप्से’कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेप्सेले विद्यार्थीहरुलाई पूँजीबजार सम्बन्धी जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो । सो कार्यक्रममा स्नातक र स्नाकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।
विगतमा पनि सञ्चालन हुँदै आएकोमा आर्थिक वर्ष २०८२/८३ मा सोही अनुरुपको कार्यक्रमअन्तर्गत आफ्ना विद्याथीहरुलाई नेप्से भ्रमण तथा अन्तर्क्रियामा सहभागी गराउन इच्छुक क्पाम्पसहरुले क्याम्पसको नाम, ठेगाना, सम्पर्क व्यक्ति तथा सम्पर्क नम्बर उल्लेख गरी नेप्सेको इमेल ठेगाना [email protected] मा नाम दर्ता गराउनु पर्नेछ ।
यस्तो दर्ता सूचना प्रकाशित भएको १५ दिनभित्र गराउनु पर्नेछ ।