बुधबार, असार १८,२०८२ 01:14:51
  • बुधबार, असार १८,२०८२ 01:14:51
Global IME Bank Limited

आज पनि घट्यो नेप्से,जानकार भन्छन्,‘अर्थमन्त्रीको स्टन्टबाजीले उभो लागेन बजार ’

Hyundai Nepal
आज पनि घट्यो नेप्से,जानकार भन्छन्,‘अर्थमन्त्रीको स्टन्टबाजीले उभो लागेन बजार ’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.३७ अंक अर्थात ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ३६५.४२ विन्दुमा पुगेको छ । 

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘अर्थमन्त्रीको बजार सुधार गर्ने उधारो आश्वासनले बजारमा प्रभाव परेको देखिएन । नियामक निकायले कार्ययोजना पेश गरेको ७२ घण्टा बितिसक्दा पनि कुनै निर्णय हुन सकेको छैन । जसका कारण लगानीकर्तामा यो एउटा स्टन्टबाजी मात्रै हो कि भन्ने भान परेको छ । ’ सरोकारवाला निकायमहरु जस्तै धितोपत्र बोर्ड,राष्ट्र बैंक र अर्थ मन्त्रालय एकै ठाउँमा बसेर सेयर बजार सम्बन्धी नीतिगत सुधार गर्नुपर्ने उनले बताए । 

अर्का बजार जानकार यज्ञ घिमिरे पनि लगानीकर्ताले सरकारसँग अपेक्षा गरे अनुरुप काम हुन नसक्दा बजार घटेको र लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनी बताउँछन् ।‘चैत मसान्तको दबावले पनि बजार घटेको हुन सक्छ ।’उनले भने । 

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये व्यापार समूह मात्रै हरियाली छायो भने अन्य सबै समूहमा गिरावट आएको छ । आज व्यापार समूह ०.६५ प्रतिशतले बढ्यो । बैंकिङ समूह ०.६७ प्रतिशतले घटेको आज विकास बैंक,०.४४,वित्त ०.१६,होटल १.०२,हाईड्रो ०.८४,लगानी ०.७६,जीवन बीमा ०.८२,उत्पादन तथा प्रशोधन ०.०६,लघुवित्त १.३२,म्युचुअल फण्ड ०.४०,निर्जीवन बीमा ०.८३ र अन्य समूह ०.८२ प्रतिशतले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन माछापुच्छ्रे बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भएको छ । आज माछापुच्छ्रे बैंकको संस्थापक सेयरको १ अर्ब २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको २७ करोड ३ लाख,शिवम् सिमेन्टको १४ करोड २८ लाख,सोनापूर मिनरल्सको १२ करोड ७३ लाख र हिमालयन रिको ९ करोड ५९ लाख बढीको सेयर कारोबार भएको छ ।

 धरै कमाउने र गुमाउने कम्पनीहरु

 आज सर्वोत्तम सिमेन्ट र किसान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयरमूल्य क्रमशः९.९९ र ९.९१ प्रतिशतले बढ्यो । यो दिन उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.६१,नेपाल फाइनान्सको ४.४६ र पोखरा फाइनान्सको सेयरमूल्य ३.७८ प्रतिशतले बढेको छ । सर्वाधिक सेयरमूल्य गिरावट आउने कम्पनीको रुपमा आज बुद्धभुमि नेपाल हाईड्रो रहेको छ । 

यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको आज बोटलर्स नेपाल(बालाजु)को ९.४६,गोर्खाज फाइनान्सको ७.६१,गु्ँरास लघुवित्तको ५.४५ र लक्ष्मी लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले घटेको छ । 

आज ४८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८८ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । ८ वटा कम्पनीको सेयरमूल्यमा भने कुनै पनि परिवर्तन भएन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.