Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:23:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कहिले हुँदैछ धितोपत्र बोर्ड अध्यक्षको आवेदनको सर्टलिष्ट ?

Laxmi Sunrise Bank Limited
कहिले हुँदैछ धितोपत्र बोर्ड अध्यक्षको आवेदनको सर्टलिष्ट ?
Shivam Cement

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षका लागि परेका आवेदनहरुको लागि सर्टलिष्ट गर्ने काम अझै केही समय लाग्ने भएको छ । हाल विदेश भ्रमणमा रहेका अर्थ सचिव कृष्ण हरी पुष्कर फर्के पछि धितोपत्र बोर्डको अध्यक्षको लागि दिएको आवेदनको सर्टलिष्टको काम हुने भएको छ । 

अर्थमन्त्रालय स्थित वित्तिय महाशाखामा प्रमूख नारयण रिसालले दिएको जानकारी अनुसार हाल अर्थ सचिव विदेश भ्रमणमा छन् । ‘अर्थ सचिव हाल विदेश भ्रमणमा हुनुहुन्छ । अर्को साता उहाँ फर्के पछि मात्रै छनौट समितिको बैठक बसेर आवेदकहरुको सर्टलिष्टको काम हुने भएको छ ।’ विजशालासँग उनले भने । रिसालले यस अघि सर्टलिष्ट भै सकेको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचारको मन्त्रालयले खण्डन गरेको बताए ।

Bizshala
New Office
CG Motors

धितोपत्र बोर्डका अध्यक्ष पदको लागि हाल १९ जनाको आवेदन परेको छ । ती आवेदकबाट अब सरकारले ५ जनाको नाम सर्टलिष्ट गर्ने छ । ती ५ जनाको नामबाट पनि ३ जनाको नाम छनौट समितिले सरकारलाई पठाउने छ । सरकारले ३ जनाबाट एक जनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । सरकारले अघिल्लो महिना १५ दिनको समय राखेर बोर्ड अध्यक्षको लागि आवेदन माग गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.