Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:11:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेबोनका कर्मचारीबीच दरार: अजय ढुंगानाले युनियन अध्यक्षबाट राजीनामा दिए, आफ्नै कार्यसमितिले असहयोग गरेको आरोप

Laxmi Sunrise Bank Limited
सेबोनका कर्मचारीबीच दरार: अजय ढुंगानाले युनियन अध्यक्षबाट राजीनामा दिए, आफ्नै कार्यसमितिले असहयोग गरेको आरोप
Shivam Cement

काठमाण्डौ । नेपालको पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा क्रियाशील आधिकारिक कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले पदबाट राजीनामा दिएका छन् ।  

दुई दिनअघि उनले युनियन अध्यक्षको पदबाट राजीनामा गरेका हुन् ।  

आफ्नै नेतृत्वको कार्यसमितिबाट आफूलाई असहयोग भएको आरोप लगाउँदै उनले राजीनामा गरेका स्रोतको भनाई छ ।  

ढुंगानाले राजीनामा गरेपछि आगामी आइतबारसम्म युनियनको नयाँ तदर्थ समिति गठन गर्ने कर्मचारीको तयारी छ ।

Bizshala
New Office
CG Motors

पछिल्लो समय ढुंगानामाथि अर्थमन्त्री तथा मन्त्रालयका जिम्मेवार अधिकारीहरु, केही व्यापारिक घरानाको उक्साहटमा लागेर काम गरेको संगीन आरोप लाग्ने गरेको थियो । सरकारका उच्च अधिकारीहरुको निर्देशनमा सेबोनमा अनिश्चितकालीन हड्ताल गरी दैनिक काम नै अस्तव्यस्त पारेको, नेतृत्वलाई असहयोग गर्न अरुबाट परिचालित भएको लगायतका आरोप समेत लाग्ने गरेका थिए ।  

पछिल्लो समय कर्मचारीहरुको माग अर्थमन्त्रालयबाट पूरा नभएपछि ढुंगानाले पुनः धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा लगायतका माग राखेर पुरानै शैलीमा हड्ताल गर्नुपर्नेमा जोड दिएका थिए । तर, पहिलाजस्तै लगानीकर्ताको काम ठप्प हुने गरी हड्ताल गर्न नहुने पक्षमा कर्मचारीहरुको बहुमत जुटेपछि उनी नैतिक संकटमा परेका थिए । सहकर्मीहरुबाटै ‘अर्थमन्त्रीले बचन दिएको कुरा पूरा नभएपछि उनको राजीनामा माग्ने कि सेबोन अध्यक्षको ?’ भन्ने प्रश्नहरुको सामना गर्नुपरेको थियो । यहीकारण सेबोनमा सक्रिय अर्को कर्मचारी संगठनसँग मिलेर सार्वजनिक गर्न ठीक्क पारिएको विज्ञप्तिको ड्राफ्ट पनि होल्ड भएको थियो । 

Garima Development Bank
Shivam Cement
Bizshala

पछिल्लो समय युनियनको ब्यानरलाई ढुंगानाले दुरुपयोग गर्ने गरेका आरोप लगाउँदै सेबोनका अन्य कर्मचारीबाटै असहयोग हुन थालेपछि उनले त्यही विषय उल्लेख गरी राजीनामा दिएका बुझिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.