काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाको पुस ६ गते अपरान्ह ३ बजेर १५ मिनेटमा बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । बैठकले आव २०८१÷८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
यससँगै संस्थाको सेयरधनीहरुले उक्त अवधिका लागि ९.५ प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश पाउने भएका छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन् ।

