काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ४४ औं वार्षिक साधारण सभा पुस २९ गते आयोजना गर्ने भएको छ । नेप्सेको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।
उक्त सभा शान्तिमार्ग काठमाण्डौमा रहेको नेप्सेको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा नेप्से सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजी १ अर्बको ८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने ४४ औं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा नोक्सान हिसाब तथा अन्य आयको विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

