काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आज ९५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मुक्तिनाथ विकास बैंकले घोषणा गरेको ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले गत आवका लागि १३।५३ प्रतिशत बोनस सेयर र ४।६७ प्रतिशत नगद लाभांश९बोनस सेयर तथा नगद लाभाशको करसहित०गरी कुल १८।२० प्रतिशत लाभांश घोषणा गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

