बुधबार, असार १८,२०८२ 06:53:48
  • बुधबार, असार १८,२०८२ 06:53:48
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाइ डोजी स्टार’, के होला आगामी साता बजार ?

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाइ डोजी स्टार’, के होला आगामी साता बजार ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २०४८.५७ मा बन्द भएको बजार यो साता २०३५.६४ विन्दुमा बन्द भयो । यस हिसावले समग्रमा यो साता बजार १२.९३ अंकले घट्यो । यो साता सेयर बजारमा ४ दिनको कारोबारमा ९.७३ अर्बबराबरको कारोबार भयो । 

अघिल्लो साता पाँच दिनको कारोबारमा दोस्रो बजारमा १७.७१ अर्बबराबरको कारोबार भएको थियो । यस हिसावले यो साता दोस्रो बजारमा नेप्से सूचक  र कारोबार दुवै घट्यो । यो साता बजार पूँजीकरण ३२.२७ खर्ब पुगेको । गत साता बजार पूँजीकरण ३२.४८ अर्ब रहेको थियो । यस हिसावले यो साता नेप्से घट्दा बजार  पूँजीकरण पनि घट्न पुगेको छ ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

यो साताको अन्तिम कारोबारमा नेप्सको दैनिक चार्टमा ड्रागन फ्लाई डोजी प्रक्रितिको क्याण्डल बनेको छ । (हेर्नुहोस् एरो) सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनः सुरुको मूल्य तथा सूचकमा पुर्याएको हुन्छ। यो मैनबत्तीले तलको लामो धागोले बजारमा क्रेताको चाप रहेको संकेत गर्छ । माथि छोटो धागोले बिक्रेता अझै कायम रहेको बुझिन्छ ।  

लामो समयको घट्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा बजारले बुलिस ट्रेन्डमा जाने संकेत गर्छ । तर यसको कन्फरमेसनको लागि भने बजार आगामी कारोबारमा २०५० भन्दा माथि भोल्युमसहित टिक्नु पर्ने हुन्छ । यदि यस विपरित यो साता २०३५ मा बन्द भएको बजार आगामी कारोबारमा २०२०  भन्दा पनि तल झर्छ भने यो क्याण्डल  इन्भ्यालिड पनि हुन सक्छ ।  

बोलिङगर एमएडीडी आरएसआई

साप्ताहिक रुपमा बजारलाई बोलिङगर ब्याण्ड मार्फत हेर्दा यो साता मध्य ब्याण्ड भन्दा माथि टिकेको देखिन्छ । मध्य ब्याण्ड २०१८ रहेको देखिन्छ । म्याक्डीमा भने यो साता वियरिस क्रसओभर बनेको छ । साप्ताहिक रुपमा नै आरएसआईमार्फत हेर्दा न्यूट्रल जोन ५० भन्दा माथि नै रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजार साइडवेज चलेको देखिन्छ ।

पिभट विश्लेषण : पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२१२४

प्रतिरोध २ –२१०८

प्रतिरोध १– २०७८

पिभट प्वइन्टः २०६१

घटेमा सपोर्ट  

सपोर्ट १– २०३५

सपोर्ट २– २०१५

प्रतिरोध ३ –१९८५

निष्कर्षः अघिल्लो साता घटेको बजार यो साता पनि घट्यो । अघिल्लो साता ३२ अंकले घटेको बजार यो साता करिब १३ अंकले घट्यो । यो साताको ४ दिनको कारोबारमा नेप्से परिसूचक र कारोबार दुवै घट्यो । अघिल्लो साता अपर ब्याण्ड छोएर तल खसकेको बजार यो साता मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको छ । साताको अन्तिम कारोबारमा रिभर्सल प्रकृतिको क्याण्डल बनेको छ । यसको अर्थ बजार घट्न रोकिएको मान्न सकिन्छ ।

तर कन्फरमेसनको लागि भने  बजार २०५० भन्दा माथि टिकेर आगमी दिनमा कारोबार हुने पर्ने छ । यो साता २०३५ मा बन्द भएको बजार यदि आगमी दिनमा २०२० भन्दा तल खसेमा भने बजार अझै  केही समय केरक्सन चल्न सक्नेछ । यस कारण आगमी साताको बजार यीनै  २ वटा विन्दुबाट कता जान्छ त्यस पछि मात्रै निधारण हुन सक्छ । यो साता उप समूह अन्तगर्त जलविद्युत,लगानी ,उत्पादन तथा प्रसोधन र म्युचुअल फण्ड सकरात्मक रहे भने अन्यमा उपसमूहमा रातो पोतियो ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.