बुधबार, असार १८,२०८२ 10:55:33
  • बुधबार, असार १८,२०८२ 10:55:33
Global IME Bank Limited

वार्षिक औषत २५% लाभाशं बाँडेको हाथवे इन्भेष्टमेन्टको आगामी यात्रा कस्तो ?

Hyundai Nepal
वार्षिक औषत २५% लाभाशं बाँडेको हाथवे इन्भेष्टमेन्टको आगामी यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनी नेपालका लगानी समूहमा रहेका ७ वटा  कम्पनीहरु मध्यको एक हो । यो कम्पनी सन् २००९ मा स्थापित भएको हो । कम्पनीले खासगरि पूँजीबजार , पर्यटन , पूर्वाधार तथा वित्तिय क्षेत्रमा लगानी गर्ने गरेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडामा ७८ करोड १६ लाख रुपैयाँ रहेको छ । यस हिसावले कम्पनीको कुल पूँजी १ अर्ब ९५ करोड रुपैयाँ छ । कम्पनी ५९ लाख ४३ हजार रुपैयाँ घाटामा रहेको छ । यो सँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ०.५० रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको बुक भ्यालु ८३.८४ रुपैयाँ रहेको छ भने रिर्टन अन इक्विटी ०.६१ प्रतिशत मात्रै छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको रिर्टन अन इक्विटी ३.३७ प्रतिशत रहेको थियो । पूँजीबजारमा लगानी गर्ने यो कम्पनी पछिल्लो वर्षमा खासगरि सेयर बजारमा गिरावट आउँदा वित्तीय सूचकहरुमा पनि गिरावट आएको छ । यस वर्षमात्रै दोस्रो बजारमा कारोबारमा आएको यो कम्पनीले गएको तीन वर्ष नै नगद तथा बोनस लाभांश गरेर ७५.५५  प्रतिशत लाभांश दिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड मिटरको आधारमा  

फिएर एण्ड ग्रिड मिटरमा यो कम्पनी हाल साप्ताहिक वियरिस सेन्टिमेन्टमा चलेको छ । यसको अर्थ कम्पनीमा लगानीकर्ताहरुको आकर्षण खासै नरहेको भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य १०८७ रुपैयाँ पुगेको छ । न्यून मूल्य २८७ रुपैयाँ पुगेको छ । हाल कम्पनीको अन्तिम मूल्य ८९० रुपैयाँ रहेको छ । कम्पनीमा ८७.५ प्रतिशत संस्थापक समूहको स्वामित्व रहेको छ भने १२.५ प्रतिशत सर्वसाधरण समूहको स्वामित्व रहेको छ ।  

इचिमोकूको आधारमा  

इचिमोकूको आधारमा यो कम्पनीको सेयर मूल्य क्लाउड पोजिसन सँगै हिडेको देखिन्छ । यदि मूल्य रेखाहरु क्लाउड पोजिसन भन्दा माथि चलेमा कम्पनीको सेयर भाउ अप ट्रेन्ड , सँगसँगै चलेमा साइडवेज र क्लाउड पोजिसन भन्दा तल चलेमा कम्पनीको सेयरभाउ डाउन ट्रेन्डमा चलेको बुझिन्छ । हाल यो कम्पनीको सेयर भाउ क्लाउड पोजिसन सँग सँगै चलेको कारण इचिमोकूको आधारमा साइडवेच चलेको देखिन्छ ।  

बोलिङगर, म्याक्डी र आरएसआई  

बोलिङगर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ केही समय पहिले अपर ब्याण्डमा डार्क क्लाउड प्याट्रन बनेर पछि तल खसेको देखिन्छ । आजको अन्तिम समयमा मध्य ब्याण्डबाट तल खसेको यो कम्पनीको सेयरमा केही बिक्री दबाब परेको देखिन्छ । यद्यपी म्याक्डीमा हालसम्म पनि नेगेटिभ क्रसओभर बनेको छैन । तर हिस्टोग्राम भने छोटाछोटा हुँदै गएका छन् । आरएसआई ओभर बट जोनबाट खसेर हाल न्यूट्रल जोन भन्दा तल ४८ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भाउमा केही बिक्री दबाब रहेको देखिन्छ ।  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम,न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –९६०

प्रतिरोध २ –९३०

प्रतिरोध १– ९०७

पिभट प्वइन्टः ८७७

घटेमा सपोर्ट  

सपोर्ट १– ८५४

सपोर्ट २– ८२४

प्रतिरोध ३ –८०१

निष्कर्षः हाथवे इन्भेष्टमेन्ट कम्पनी इक्विटी बजारमा लगानी गर्ने एक कम्पनी हो । यो कम्पनीले घर जग्गा र सेयर बजारमा गरेर २ अर्ब २२ करोड भन्दा बढी लगानी गरेको छ । कम्पनीले चन्द्रागिरी हिल्स , डिस मिडिया , लुम्बिनी केबल कार , हाइलाइफ तथा हाइड्रो कम्पनीमा लगानी गरेको छ । आधारभूत रुपमा यो कम्पनीको हालसम्म लगानीबाट प्रतिफल खासै आइसेकेको देखिदैन । त्यसकारण प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी खासै सुधार आउन सकेको देखिदैन । प्राविधिक रुपमा पनि हाल यो कम्पनीको सेयर मुल्यमा बिक्री दबाब पर्दै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ,यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.