बुधबार, असार १८,२०८२ 10:36:37
  • बुधबार, असार १८,२०८२ 10:36:37
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तको २२ औं साधारण सभा सम्पन्न, लाभांश पारित

Hyundai Nepal
डिप्रोक्स लघुवित्तको २२ औं साधारण सभा सम्पन्न, लाभांश पारित
Nabil Bank Limited

 काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको  उक्त  सभा आज चितवनको सौराहामा सम्पन्न भएको हो ।  

उक्त सभाले गत आव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आव. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिशत नगद लाभांश तितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयर पश्चात संस्थाको चुक्ता पूँजी रु. १ अर्व ७० करोड ६१ लाख ९६ हजार पुगेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न उक्त सभामा आव. २०७९/८० को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको जवाफ अध्यक्षले दिएका थिए ।  

साथै, सभामा प्रमुख कार्याकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेको थिए,भने कार्यक्रम सञ्चलन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको डिप्रोक्स लघुविको ७३ जिल्लामा १५६ शाखा कार्यालय मार्फत २ लाख ६६ हजार घर परिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.