Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सोपान फर्मास्युटिकल्सले सर्वसाधारणका लागि वैशाख २ गतेदेखि आइपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
सोपान फर्मास्युटिकल्सले सर्वसाधारणका लागि वैशाख २ गतेदेखि आइपीओ जारी गर्ने
Shivam Cement

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको छ । कम्पनीले पहिलो चरणमा ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरेको हो ।

Bizshala
New Office
CG Motors

कम्पनीले त्यसपछि २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

Garima Development Bank
Shivam Cement
Bizshala

सर्वसाधारणले यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म माग गर्न सक्नेछन् । आवेदन दिने अन्तिम मिति वैशाख ६ गते रहेको छ ।  

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.