बुधबार, असार १८,२०८२ 12:06:50
  • बुधबार, असार १८,२०८२ 12:06:50
Global IME Bank Limited

नेप्सेमा सामान्य वृद्धि, जानकार भन्छन्,‘लगानीको सिजन सुरु’

Hyundai Nepal
नेप्सेमा सामान्य वृद्धि, जानकार भन्छन्,‘लगानीको सिजन सुरु’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.४५ प्रतिशत अर्थात ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ३६०.१५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीका ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जय शम्भु)भन्छन्, ‘मसान्तको दबाब सकिएका कारण हालको बढाईलाई अल्पकालिन मात्रै मान्न सकिन्छ । दिगो रुपमा बजार बढ्नका लागि भने मौद्रिक नीतिको समिक्षामा नीतिगत परिवर्तन हुनुपर्छ । साथै,बैंकहरुको रिपोर्ट पनि सुधार भएर आउनुपर्छ । ’

थापाका अनुसार प्राविधिक रुपमा आज बजारले बोलिङगर ब्याण्डको मध्य ब्याण्डमा प्रतिरोधको सामना गरेको छ । यद्यपी बजार यहाँबाट माथि गएर अपर ब्याण्ड २१ सय भन्दा माथि नै पुग्ने सक्ने थापाले बताए ।  

अर्का बजार जानकार यज्ञ घिमिरे पनि अब बजारले विस्तारै लय समाउने बताउँछन् । वैशाखमा लगानी सम्मेलन हुने र वैशाखबाट लगानीको सिजन पनि सुरु हुने भएकाले बजार बढ्ने घिमिरेले आँकलन गरे ।  

‘आज केहि नाफा बुक पनि भएको छ । यस कारण बजार ठूलो अंकले बढ्न सकेन ।’उनले भने ।    

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटा समूहमा हरियाली छायो भने अन्य ३ वटा समूहमा रातो पोतियो । आज वित्त समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह २.७९ प्रतिशतले बढ्यो । यो दिन बैंकिङ समूह ०.३२, विकास बैंक ०.६७,हाईड्रो ०.७६,लगानी ०.६९,जीवन बीमा ०.४९,म्युचुअल फण्ड ०.५०,निर्जीवन बीमा १ अन्य २.४२ र व्यापार समूह ०.४० प्रतिशतले बढे ।  

आज होटल समूह ०.६८,उत्पादन तथा प्रशोधन १.४६ र लघुवित्त समूह १.१४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सूर्यज्योति लाइफको सर्वाधिक अर्थात १८ करोड ८ लाख बढीको सेयर कारोबार भएको छ । गोखार्ज फाइनान्सको आज १६ करोड ५ लाख, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४५ लाख,नेपाल फाइनान्सको १५ करोड ३६ लाख र पोखरा फाइनान्सको १० करोड ४६ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज जानकी फाइनान्स,नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० ९.९९ र ९.९९ प्रतिशत बढ्यो ।  

यस्तै इमर्जिङ नेपालको ८.४५ प्रतिशत र प्रभु स्मार्ट फण्डको मूल्य ८.३० प्रतिशतले बढ्यो ।  

आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन महुली लघुवित्तको सेयरमूल्य ५.३३,सबैको लघुवित्तको ४.४२ र समता घरेलु लघुवित्तको सेयरमूल्य ४.४२ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.