Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बेचेको भुक्तानी समयमै नपाएको गुनासो अख्तियारसम्म

Laxmi Sunrise Bank Limited
सेयर बेचेको भुक्तानी समयमै नपाएको गुनासो अख्तियारसम्म
Shivam Cement

काठमाण्डौं । लगानीकर्ताले सेयर बिक्री गरेको भुक्तानी समयैमै नपाएको भन्दै अख्तियरमा उजुरी हालेका छन् । एक लगानीकर्ताले सेयर बिक्रीबापतको भुक्तानी रकम नपाएको भन्दै अरिख्तयारमा उजुरी हालेको स्रोतले जानकारी दिएको हो ।  

ती लगानीकर्ताले धितोपत्र बोर्डमा मात्रै नभएर अख्तियारमा नै उजुरी हालेको स्रोतले जनाएको छ । यस विषयमा अख्तियारबाट धितोपत्र बोर्डलाई पनि पत्र गएपछि आफूहरु पनि झस्किएको सीडीएससीका आधिकारीहरुले बताएका छन् ।  

यस विषयमा सत्यतथ्य बुझ्न गत आइतबार २८ वटै ब्रोकरहरुलाई बोलाएर छलफल गरेको सीडीएसीस्थित स्रोतले जानकारी दिएको छ । उक्त बैठकमा ब्रोकरहरुले भने यो विषय समाधान भईसकेको दाबी गरेका छन् । ‘हामीहरुले कसैको भुक्तानी बाँकी राखेका छैनौं । कतिपय अवस्थामा लगानीकर्ताले भुक्तानी नगरेको पैसा पनि आफ्नै हिसाबबाट मिलान गरेका छौं । कुनै ब्रोकरबाट प्राविधिक कारणले केही दिन ढिला भएको होला । तर ब्रोकरबाट भुक्तानी नै नहुने अवस्था भने छैन ।’ एक ब्रोकरले भने ।  

Bizshala
New Office
CG Motors

लामो समयदेखि बजार घटेपछि त्यसको प्रभाब ब्रोकरहरुमा परेको छ । स्रोतले दिएको जानकारी अनुसार हाल २८ वटा ब्रोकरहरुले समयमा नै पैसा भुक्तानी नगरेको भन्दै धितोपत्र बोर्डमा १ हजार ६६ उजुरी परेका छन् । जसमा सबै पुराना ब्रोकरहरु मात्रै छन् । यो आँकडा अघिल्लो आर्थिक बर्षको हो । त्यसैले यस्तो उजुरी अझै बढ्न सक्ने र नयाँ ब्रोकरहरुमा पनि आगामी दिनमा यस्तो समस्या देखिने स्रोतले दाबी गर्यो । यस्ता ब्रोकरहरुमा अधिकांश ठूला ब्रोकरहरु नै रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.