Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:21:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेसमक्ष सेयर लगानीकर्ताको ४ बुँदे माग, प्रिमियम र बुक बिल्डिङ्ग विधि तत्काल स्थगित गर्नुपर्ने

Laxmi Sunrise Bank Limited
नेप्सेसमक्ष सेयर लगानीकर्ताको ४ बुँदे माग, प्रिमियम र बुक बिल्डिङ्ग विधि तत्काल स्थगित गर्नुपर्ने
Shivam Cement

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले सर्वसाधारण लगानीकर्ताहरुको हक हित संरक्षणका लागि सरकारसँग ४ बुँदे माग पेश गरेका छन् ।  

नेपाल सेयरधनी संघ, नेपाल सेयरबजार लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स एसोसियशन र साधारण लगानीकर्ता संघले एममुष्ट रुपमा नेप्सेलाई पत्र बुझाउँदै मागहरु पेश गरेका हुन् ।  

Bizshala
New Office
CG Motors

लगानीकर्ता संघहरुले हालै संशोधित विनियमावलीले सेयरबजारमा अस्वभाविक उतारचढाव आएको र यसलाई सरोकारवालाहरुसँग परामर्श लिई कानून बनाई लागू गर्नुपर्ने माग गरेका छन् ।  

साथै आइपीओ निष्कासनको प्रिमियम र बुकबिल्डिङ्ग विधि तत्कालको लागि स्थगित गर्न धितोपत्रसँग सम्बन्धित कानून बनाउँदा विधायन ऐन २०८१ बमोजिम अनिवार्य रुपमा सम्बन्धित सरोकारवालाहरुलाई सहभागी गराउन माग राखेका छन् ।  

लगानीकर्ताहरुले राखेका मागहरु तत्काल पुरा नगरेमा कानूनी उपचारमा जान बाध्य हुने ५ वटै संघले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सेयर लगानीकर्ता संघहरुले पेश गरेका निम्न बमोजिमका मागहरु :
१. हालै संशोधित धितोपत्र कारोवार संचालन (चौथो संशोधन) विनियमावली २०८२ प्रचलित नेपाल कानूनको प्रकृया पूरा नगरी ल्याईएको र सो लागू गर्दा बजारमा अस्वाभाविक उतारचढाव आएकोले सो विनियमावली तत्काल फिर्ता लिई साधिकार निकायले सम्बन्धित सवै सरोकारवालाहरुसंग परामर्श लिई सो कानून बनाई लागु गर्ने 1 
२. नेपालको पूँजी बजारमा अत्याधिक विवादित बनेको IPO निष्काशनको प्रिमियम र बुक बिल्डिङ्ग विधि संघीय संसदले सो विषयको कानून पारित नगरुञ्जेल सम्म तत्काल लागु हुनेगरी स्थगित गरियोस् । 
३. धितोपत्र संग सम्बन्धित कानून बनाउदा विधायन ऐन २०८१ बमोजिम अनिवार्य रुपमा सम्बन्धित सबै सरोकावालाहरुलाई सहभागी गराइयोस् । 
४. आवश्यक तयारी, अध्ययन, अनुसन्धान, सहभागिता, अधिकारविहीनता र कानूनी प्रावधानहरुको परिपालना बिना स्वेच्छाचारितामा कानून बनाउने, संशोधन गर्ने कार्य तत्काल बन्द गरियोस् । 
माथि उल्लेखित मागहरु तत्काल पूरा गरियोस् अन्यथा हामी संघहरु कानूनी उपचारमा जान बाध्य हुने व्यहोरा पनि जानकारी गराईन्छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.