Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:37:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पञ्चकन्या माई हाईड्रो ६ करोड बढी नाफामा, विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो

Laxmi Sunrise Bank Limited
पञ्चकन्या माई हाईड्रो ६ करोड बढी नाफामा, विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो
Shivam Cement

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको पञ्चकन्या माई हाईड्रो लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६ करोड १ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड १६ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७२ लाख ९६ हजार रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म भने २८ करोड ९२ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ ।

Bizshala
New Office
CG Motors

यो अवधिमा कम्पनीको अन्य आम्दानी भने घटेको छ । अघिल्लो आवमा ४ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको अन्य आम्दानी ४ लाख १६ हजारमा सीमित बन्न पुगेको छ ।  

कम्पनीको वित्त खर्च ४ करोड ३७ लाख रुपैयाँबाट बढेर १० करोड ८७ लाख पुगेको छ । कम्पनीको रिजर्भ ३ करोड ७९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पानीको कुल चालु सम्पत्ति ६ करोड र कुल चालु दायित्व २२ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.२५ रुपैयाँ ,प्रतिसेयर  नेटवर्थ ९६.०६ रुपैयाँ,र तरलता अनुपात ०.२७ प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.