Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मिथिला लघुवित्तको नाफा ३९.६४% ले बढ्यो, इपीएस र लाभांश क्षमता कति ?

Laxmi Sunrise Bank Limited
मिथिला लघुवित्तको नाफा ३९.६४% ले बढ्यो, इपीएस र लाभांश क्षमता कति ?
Shivam Cement

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड भन्दा बढी नाफा कमाएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ ।  

संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३९.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

Bizshala
New Office
CG Motors

लघुवित्तको ब्याज आम्दानीमा सुधार देखिएसँगै नाफा वृद्धिमा टेवा पुगेको हो । तेस्रो त्रैमाससम्म संस्थाले १८ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ३२.८१ प्रतिशत बढी हो ।  

सो अवधिसम्म संस्थाको निक्षेप संकलन १ अर्ब ३० करोड ८२ लाख रुपैयाँ पुगेको भने कर्जा लगानी ३ अर्ब १० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

तेस्रो त्रैमाससम्ममा संस्थाको खराब कर्जा अनुपात ४.६८ प्रतिशतबाट बढेर १२.०३ प्रतिशत, पूँजीकोष अनुपात १२.०७ प्रतिशतबाट बढेर १४.७३ प्रतिशत र सिडि रेसियो ६.८५ प्रतिशत रहेको छ ।

साथै संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ७२ लाख ६८ हजार रुपैयाँ रहेको छ । यसर्थमा संस्थाको सो अवधिसम्म लाभांश क्षमता १४.५७ प्रतिशत रहेको छ ।  

संस्थाको इपीएस ३५.८५ प्रतिशतबाट बढेर ३८.३६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९९.६७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.५५ गुणा र तरलता अनुपात ६.९२ प्रतिशत रहेको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.