बुधबार, असार १८,२०८२ 04:45:11
  • बुधबार, असार १८,२०८२ 04:45:11
Global IME Bank Limited

एआईमा लगानी गर्ने भएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट, किन हच्किए लगानीकर्ता ?

Hyundai Nepal
एआईमा लगानी गर्ने भएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट, किन हच्किए लगानीकर्ता ?
Nabil Bank Limited

काठमाण्डौ । फेसबुकका मालिकले कृत्रिम बौद्धिकता ‘एआई’मा आक्रामक रुपमा लगानी गर्ने योजना बनाएको बताएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ ।  

मेटाको पहिलो त्रैमासको बम्पर आम्दानीका बाबजुत आजको प्रिमार्केट ट्रेडिङमा कम्पनीको सेयरमूल्यमा १३ प्रतिशतको गिरावट आएको छ । एआई लगानी गर्ने योजना सार्वजनिक भएपछि लगानीकर्ताहरु हतोत्साहित बन्दा सेयरमूल्यमा सगरावट आएको हो ।  

एआईमा लगानी गर्न धेरै खर्च चाहिने र यसका लागि समय पनि धेरै लाग्ने भएकाले कम्पनीको यो योजनाबाट आम्दानी घट्ने भएपछि लगानीकर्ता हतोत्साहित बनेका हुन् । कम्पनीको सेयरमूल्यमा आएको गिरावटले कम्पनीको बजार मूल्य १६३ बिलियन डलरले घटेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

मेटाले एआईको सम्भावनाको फाइदा उठाउन माइक्रोसफ्ट र गूगलसँग प्रतिष्पर्धा गर्ने भएको छ ।  

ह्वाट्स एप र इन्स्ट्राग्राममा पनि स्वामित्व भएको मेटाले वर्षको पहिलो त्रैमासमा गत वर्षको तुलनामा दोब्बरले नाफा बढाएको छ । तर एआई प्रोजेक्टमा ५ बिलियनभन्दा बढी खर्च हुने भएपछि लगानीकर्ताहरु हच्किएका छन् ।  

मेटाले यो वर्ष पूँजीगत खर्च ३५.४० बिलियन डलरको बीचमा रहने जनाएको छ । जुन अघिल्लो वर्ष ३०–३७ वर्षको बीचमा रहने अनुमान गरिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.