Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:46:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्वरोजगार लघुवित्तको नाफामा ४०% को बढोत्तरी, खराब कर्जा अनुपात घट्यो

Laxmi Sunrise Bank Limited
स्वरोजगार लघुवित्तको नाफामा ४०% को बढोत्तरी, खराब कर्जा अनुपात घट्यो
Shivam Cement

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.३० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा भने ०.४५ प्रतिशतको झिनो बढोत्तरी भएको छ । संस्थाले २६ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी ३० करोड ९६ लाख र सञ्चालन मुनाफा ७ करोड २ लाख रुपैयाँ रहेको छ । 

Bizshala
New Office
CG Motors

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५ करोड ७० लाख रुपैयाँ रहेको छ । ६७ करोड ११ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ बढेको छ भने र रिजर्भ भने घटेको छ । संस्थाको रिटेन्ड अर्निङ ४ करोड ६५ लाखबाट बढेर ५ करोड ७४ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भको आकार भने २४ करोड ३९ लाखबाट घटेर २१ करोड ६२ लाख रुपैयाँमा सीमित बनेको छ ।  

तेस्रो त्रैमाससम्ममा ३ अर्ब ६० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ७ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६.६३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ५.७२ प्रतिशतमा झरेको छ । संस्थाको इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ९९ लाख रुपैयाँ छुट्टाएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१४.५४ रुपैयाँ प्रतिसेयर नेटवर्थ १४०.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २९२.६२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५.३२ गुणा र तरलता अनुपात ९.७७ प्रतिशत कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.