बुधबार, असार १८,२०८२ 08:47:38
  • बुधबार, असार १८,२०८२ 08:47:38
Global IME Bank Limited

धितोपत्र बोर्डमा विप्लप कार्यकर्ताको हस्तक्षेप, विदेश भ्रमणमा पक्षपात गरेको आरोप

Hyundai Nepal
धितोपत्र बोर्डमा विप्लप कार्यकर्ताको हस्तक्षेप, विदेश भ्रमणमा पक्षपात गरेको आरोप
Nabil Bank Limited

काठमाण्डौ । सरकारी कर्मचारी बढुवा र विदेश भ्रमणका लागि सधै लालाहित हुने गर्छन । यही कमजोरीको फाइदा उठाएर हाकीमहरुले बढुवा र भ्रमणको प्रलोभन देखाएर कर्मचरीहरुलाई आफू अनुकुल काम गराउने गर्छन् । कतिपय विदेश भ्रमणमा तालुकदार मन्त्रालयले पनि स्वीकृति दिनु पर्ने हुन्छ । कहिलेकाँही तालुकदार मन्त्रालय र विभागले स्वीकृती नदिँदा मन्त्रालय र विभागबीच शीत युद्ध नै चल्ने गर्छ ।  

पछिल्लो समय पूँजीबजारका नियामक निकायहरुको विदेश भ्रमणको कथा पनि कम रोचक छैन । कतिपय तल्लो निकायका हाकिम माथिल्लो निकायले भ्रमण स्वीकृती नदिएको भन्दै रिसले आगो समेत हुने गरेका छन् । धितोपत्र बोर्डमा विशेष गरी २ प्रकृतिका कर्मचारीहरुले विदेश भ्रमणमा जाने अवसर पाउने गरेको आरोप बोर्ड भित्रकै एक कर्मचारीले आरोप लगाएका छन् । पहिलो भनेको हाकिमको निर्देशनबमोजिम काम गरेर हाकिमलाई खुसी पारेको खण्डमा कर्मचारीलाई विदेश भ्रमणको सौभाग्य प्राप्त हुन्छ । धितोपत्र बोर्ड भित्र अध्यक्ष र व्यबस्थापन पक्षलाई जसले बढी रिझाउँन सक्यो उसलाई धेरै पटक  खासगरि युरोप र अमेरिकाको भ्रमणको मौका प्राप्त हुन्छ  ।  

बोेर्ड भित्रकै विभागीय प्रमुख रहेको तर असजिलो प्रकृतिको मान्छेलाई विदेश भ्रमणको अवसर कमै मात्रै मिल्ने गर्छ । तर कहिलेकाही विभागीय प्रमुखले कुनै ठूला कर्पोरेट सेक्टरका फाइल रोकिदिएको खण्डमा उसलाई विदेश पठाएर यता फाइल सदर गर्ने पनि गरिन्छ । पछिल्लो समय धितोपत्र बोर्डमा तत्कालिन अध्यक्ष रमेश कुमार हमाल आए पछि यस्तो प्रचलन झनै मौलाएर गएको छ । हमालले आफ्नालाई काखा र अन्यलाई पाखा गर्नुका साथै नेप्सेको अधिकार पनि खोसेर धितोपत्र बोर्डमा लागेको बोर्डकै केही कर्मचारी आरोप लगाउँछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसै विषयमा बोर्डभित्र तीव्र असन्तुष्टि बढे पछि गत साता विप्लप समूहका कार्यकर्ता धितोपत्र बोर्ड गएर व्यबस्थापन समूहसँग चर्काचकी गरेका थिए । बोर्डमा अध्यक्ष नभएता पनि व्यवस्थापन समूहले आफ्नालाई मात्रै विदेश पठाउने गरेको भन्दै विप्लप समूहका कार्यकर्ता बोर्डमा पुगेको स्रोतले जानकारी दिएको छ । तर धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने कसैलाई पनि काखा वा पाखा नगरिएको र कार्य सम्पादन हेरेर आवश्यकताका आधारमा विदेश भ्रमण पठाउने गरिएको बताए ।  

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले विप्लप कार्यकर्ताले बोर्डका व्यबस्थापन पक्षलाई आएर भेटेको पुष्टि गरे । तर उनीहरुले के विषयमा छलफल गरे भन्ने बारे आफूँ अनविज्ञ रहेको श्रेष्ठले बताए । बोर्डकै सूचना अधिकारी तेज प्रसाद देबकोटाले यस अघि रमेश कुमार हमालको कार्यकालमा विप्लप समूहले नारीबाजी गरेको तर हाल भने आँफूलाई कुनै जानकारी नभएका जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.