बुधबार, असार १८,२०८२ 08:25:28
  • बुधबार, असार १८,२०८२ 08:25:28
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना, आईपीओको प्रक्रिया अघि बढ्ने

Hyundai Nepal
धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना, आईपीओको प्रक्रिया अघि बढ्ने
Nabil Bank Limited

काठमाण्डौ । अर्थ मन्त्रालका सहसचिव नरेन्द्र कुमार रानालाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ । यस अघि अर्थ मन्त्रालयबाट रितेश कुमार शक्यले धितोपत्र बोर्ड हेर्दै आएका थिए । रानालाई बोर्डको अध्यक्षको जिम्मेवारी सुम्पिएर शाक्यलाई बजेट निर्माणको जिम्मेवारी प्रदान गरिएको छ ।  

शाक्य बजेट निमार्णमा व्यस्त भएकाले रानालाई बोर्डमा पठाइएको अर्थ मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ ।  यस्तै, अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बोर्डमा नयाँ अध्यक्ष नियुक्ती नहुँन्जेल रानाले बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्ने जानकारी दिए। ‘अब बोर्डमा अध्यक्षको अभाव महशुस हुनै छैन । नयाँ अध्यक्ष नआउन्जेल नियमित जसरी नै कार्य हुनेछ,’ उनले भने ।  

रानाले मंगलबार अर्थमन्त्री वर्षमान पुन समक्ष अध्यक्षको कार्यभार सम्हालेका हुन् । धितोपत्र बोर्डको संशोधित नयाँ ऐन अनुसार बोर्ड अध्यक्ष खाली भएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नियमित प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्त गर्न ढिलाई हुँदा पछिल्लो समय आईपीओ निष्काशनदेखि बजार सुधारका काम कारवाही समेत अघि बढ्न सकेको छैन् । तर राना अध्यक्ष भएर र्आसँगै अब आईपीओ निकाष्काशनदेखि नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स वितरणका लागि समेत कानूनी बाटो खुला भएको बजार सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएको थियो । त्यसपछि धितोपत्र बोर्डकै वरिष्ठ अधिकारी नबराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेबारी दिइएको थियो । तर उनीसँग नीतिगत कार्य गर्ने आधार थिएन ।  सरकारले नियमित प्रक्रियाबाट अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएपनि हाल भने अन्यौलमा रहेको छ । पाँच जनाको नाम सर्टलिष्ट गरेपनि अन्य प्रक्रिया भने अपूरो नै रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.