बुधबार, असार १८,२०८२ 11:07:31
  • बुधबार, असार १८,२०८२ 11:07:31
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘बुलिस हरामी’ प्याट्रन, बजारमा रिभर्सलको संकेत

Hyundai Nepal
नेप्सेको चार्टमा ‘बुलिस हरामी’ प्याट्रन, बजारमा रिभर्सलको संकेत
Nabil Bank Limited

काठमाण्डौ । बजेट पछि केही दिन घटेको बजारमा आज  फेरि ‘बुलिस हरामी’ क्यान्डल बनेको छ । जापानिज भाषामा ‘हरामी’को अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । क्यान्डल स्टिकको प्याट्रनअन्तर्गत  दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ ।  

दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो आकृति बन्छ (हेर्नुहोस् तस्बिरमा) भने बुलिस हरामी र बियरिस हरामी भन्ने हुन्छ ।  

बुलिस हरामी चार्टको न्यून विन्दुमा बन्ने गर्छ । यदि रातो लामो क्यान्डलको ठीक पछि छोटो हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस हरामी भनेर बुभिन्छ (हेर्नुहोस् एरो)। यसले ट्रेन्ड परिर्वतनको संकेत गर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यदि घटिरहेको बजारमा यस्तो आकृति बन्छ भने त्यसले बाटो परिवर्तन गर्ने संकेत गर्छ । यस्तो अवस्थामा खरिदकर्ता हावी भएका हुन्छन् । यसविपरीत यदि पहिलो क्यान्डल लामो हरियो र दोस्रो क्यान्डल छोटो रातो बन्छ भने यसलाई बियरिस हरामी भनेर बुझिन्छ । यस्तो आकृति चार्टको माथि बन्छ र बिक्रीकर्ता हावी भएका हुन्छन् । यसले पनि ट्रेन्ड परिवर्ततको संकेत गरेको बुझिन्छ ।  

आज बजेट पछि केही दिन घटेको बजारमा नेप्सेको चार्टमा बुलिस हरामी क्यान्डल बनेको देखिन्छ । यसले ट्रेन्ड रिभर्सलको संकेत गरेको छ । तर यसको कन्फर्मेसनको लागि आज २०८३ मा बन्द भएको बजार  आगामी कारोबारमा यदि २०९० भन्दा माथि भोल्युमसहित कारोबार हुन्छ भने त्यसलाई बजारमा इन्ट्रीको रणनीति लिन सकिन्छ । तर २०६६ भन्दा तल बजार गएमा स्टप लसको रणनीति लिन सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.