बुधबार, असार १८,२०८२ 10:18:58
  • बुधबार, असार १८,२०८२ 10:18:58
Global IME Bank Limited

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण

Hyundai Nepal
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । सम्पत्ति शुुद्धीकरण अनुसन्धान विभागले नेपाली सेयर बजारका ठूला लगानीकर्ता निर्मल प्रधानका विषयमा धितोपत्र बोर्डसँग सूचना माग गरेको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार सम्पति शुुद्धीकरण अनुसन्धान विभागले लगानीकर्ता प्रधानको विषयमा पटक–पटक सूचना माग गरेको हो ।  

प्रधानले सेयर बजार प्रभावित पार्ने क्रियाकलाप गरेको भन्दै त्यस विषयमा प्रमाण जुटाउन विभागले बोर्डसँग सूचना माग गरेको हो । ‘कसैले उजुरी दिएको खण्डमा सम्पति शुुद्धीकरणले सूचना माग गर्ने गर्छ । शंका लागेको खण्डमा व्यक्ति उपर कामकारवाही अगाडी बढाउने हो । सूचना माग्दैमा डराई हाल्नु भने पर्दैन ।’ बोर्डस्थित स्रोतले बतायो । यस अघि बोर्डले गुरु न्यौपानेलाई धितोपत्रमा इन्साइडर ट्रेडिङ गरेको भन्दै कारवाहीको सिफारिस गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार बोर्डले सामाजिक सञ्जालमार्फत बजार प्रभावित पार्ने केही व्यक्तिहरुको रिपोर्ट तयार गरेर प्रहरी प्रशासनलाई बुझाउदै छ । स्रोत भन्यो,‘हामीलाई अहिले सजिलो छ । रिपोर्ट बनाएर प्रहरी प्रशासनलाई बुझाउने हो । जे गर्छ अब प्रहरी प्रशासनले नै गर्छ ।’

यस अघि पनि केही व्यक्तिलाई सामाजिक सञ्जालमा जथाभावि बोलेको तथा लेखेको भन्दै बोर्डले सचेत गराएको थियो । तर केही व्यक्तिहरुले भने अझै पनि सामाजिक सञ्जालमार्फत बजार प्रभावित पार्न खोजिरहेको भन्दै बोर्डले रिपोर्ट तयार गरेर प्रहरीलाई बुझाउने तयारी गरेको गरेको स्रोतले जानकारी दिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.