बुधबार, असार १८,२०८२ 07:32:51
  • बुधबार, असार १८,२०८२ 07:32:51
Global IME Bank Limited

६२ लाख लगानीकर्ताको माग सम्बोधन गर्नुपर्छ, आईपीओ अनुमति यथाशिघ्र सुचारु हुनुपर्छ: बोर्ड कर्मचारी युनियन अध्यक्ष

Hyundai Nepal
६२ लाख लगानीकर्ताको माग सम्बोधन गर्नुपर्छ, आईपीओ अनुमति यथाशिघ्र सुचारु हुनुपर्छ: बोर्ड कर्मचारी युनियन अध्यक्ष
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डको कर्मचारी युनियनका अध्यक्ष बाबु जिसीले सरकारले ६२ लाख लगानीकर्र्तालाई उपेक्षा गरेको आरोप लगाएका छन् । आज होटल क्राउन इम्पेरियल रविभवन काठमाण्डौमा आयोजित धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सवको विशेष समारोहमा बोल्दै जिसीले यस्तो बताएका हुन् ।  

‘सरकारले ६२ लाख लगानीकर्ता भएको पूँजी बजारलाई उपेक्षा गरेको छ । सरकारको यो रवैयाबाट पूँजी बजार सम्बद्ध सबै पक्ष मर्कामा परेका छन् । सरकारले पूँजी बजारलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।’ उनले भने ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै जिसीले लामो समयदेखि कम्पनीहरुले आईपीओ निष्कासनको अनुमति समेत पाउन नसकेको बताए । उनले भने,‘लामो समयदेखि आईपीओ निष्कासन प्रक्रिया अवरुद्ध भएको छ । अर्थमन्त्रालयले यस विषयमा केहि पहलकदमी उठाउनु पर्छ ।’ जिसीले लगानीकर्ताको जायज माग यथाशिघ्र सम्बोधन गर्न समेत आग्रह गरे । उनले अर्थमन्त्रालयले बोर्डको अध्यक्षको रुपमा पठाएका नरेन्द्र रानाले नियमित काका अलावा अन्य काम गर्न नसक्ने भएकाले तत्काल बोर्डको अध्यक्ष नियुक्त गर्न समेत माग गरेका छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.