बुधबार, असार १८,२०८२ 07:55:35
  • बुधबार, असार १८,२०८२ 07:55:35
Global IME Bank Limited

सेबोनको अध्यक्ष छनौट प्रक्रिया रद्द हुने,कानूनविद् भन्छन्,‘पुनःआवेदन माग गर्नुपर्छ’

Hyundai Nepal
सेबोनको अध्यक्ष छनौट प्रक्रिया रद्द हुने,कानूनविद् भन्छन्,‘पुनःआवेदन माग गर्नुपर्छ’
Nabil Bank Limited

काठमाण्डो । धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द हुने भएको छ । धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि अर्थमन्त्रालयले कार्ययोजना प्रस्तुत गर्न बोलाएका ५ जनामध्ये २ जना मात्रै अन्तवार्ताका लागि गएपछि छनौट प्रक्रिया रद्द हुने भएको हो । यससँगै अब बोर्डको अध्यक्ष नियुक्तीका लागि पुनःआवेदन माग गर्नुपर्नेछ ।  

आज बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए । सर्र्टलिस्टमा परेका मध्य डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई गरी ३ जनाले भने आजको लागि तय भएको अन्तर्वार्ता बहिष्कार गरेका छन् ।  

 

धितोपत्रसम्बन्धी कानूनविद् अमृत खरेलले बोर्डको अध्यक्ष छनौटको अन्तर्वार्ताका लागि २ जना मात्रै गएकाले हालको छनौट प्रक्रिया रद्द हुने र अब पुनःनयाँ आवेदन माग गर्नुपर्ने बताएका छन् । बोर्डको अध्यक्ष छनौटका लागि ३ जनाको नाम सिफारिस गर्नु पर्नेमा २ जना मात्रै अन्तवार्ताका लागि उपस्थित भएकाले हालको छनौट प्रक्रिया स्वत रद्द भएर पुनः आवेदन माग गर्नु पर्ने हुन्छ ।’ खरेलले बिजशालालाई बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि सिफारिस समितिले ३ जनाको नाम मन्त्रीपरिषदलाई पठाउने र ती ३ जना मध्येबाट एकजनालाई सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यवस्था रहेको छ । तर अन्तर्वार्ताका लागि २ जना मात्रै उपस्थित भएपछि भने सम्पूर्ण छनौट प्रक्रिया नै स्थगित हुने अवस्था सिर्जाना भएको खत्री बताउँछन् ।  

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि गरिएको १९ जना आवेदकबाट सरकारले गत चैत २५ गते ५ जनाको नाम अघिल्लो चरणका लागि सर्टलिस्ट गरेको थियो ।  

सर्टलिस्टमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा.  नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ परेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.