बुधबार, असार १८,२०८२ 07:52:22
  • बुधबार, असार १८,२०८२ 07:52:22
Global IME Bank Limited

निफ्रा र एचआइडिसिएलको लाभांश लगानीकर्ताले अझै पाएनन्, दोषी को ?

Hyundai Nepal
निफ्रा र एचआइडिसिएलको लाभांश लगानीकर्ताले अझै पाएनन्, दोषी को ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंक(निफ्रा ) र हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडीसीएल)ले लामो समय बित्दा पनि लाभांश नपठाएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । 

मंगलबार ब्रोकर हाउसमा भेटिएका र क्लबहाउसमा बोल्ने लगानीकर्ताहरुले यस्तो आरोप लगाएका हुन् । 

CG Motors
Muktinath Bikas Bank Limited

निफ्राले पुस ५ गते बुक क्लोज गरेर पुस १७ गते साधारणसभा गरेको थियो भने एचआइडीसीएलले पनि पुष १७ गते बुकक्लोज गरेको थियो । एचआइडीसीएलले पुष २९ गते साधारणसभा गरेको थियो । यो कम्पनीले लगानीकर्ताहरुलाई चुक्तापूँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पास गरेको थियो ।

त्यसैगरी निफ्राले लगानीकर्ताहरुलाई चुक्तापूँजीको ४.१७ प्रतिशतले लाभांश दिने प्रस्ताव पारित गरेको थियो । निफ्राले साधारणसभा गरेको नै एकमहिना बितेको छ भने एचआइडीसीएलको पनि करिब १५ दिन समय बितेको छ । ब्रोकरहाउसमा भेटिएका एक लगानीकर्ताले पैसा नआउनुमा ग्लोबल आइएमई क्यापिटललाई दोष दिएका छन् । 

उनले भने–‘यी दुवै कम्पनीका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । यो क्यापिटलले पैसा पठाउने विषयमा सधैं यस्तै गर्छ ।’ फोन गरेको खण्डमा पनि भोलि भन्ने गरेको ती लगानीकर्ताले आरोप लगाए । ग्लोबल आइएमई क्यापिटलकी उपकार्यकारी निर्देशक नलिना श्रेष्ठले निफ्राको पैसा पठाउने कार्य भइरहेको दाबी गरिन् ।

उनले भनिन्–‘केही लगानीकर्ताहरुको खाता नम्बर नमिलेर, केहीको खाता ब्लक भएर वा डोरम्याटमा गएका कारण वा मर्ज हुँदा खाता नम्बर नमिलेको अवस्थामा मात्रै खातामा पैसा नगएको हो । कसैले क्यापिटलमा १२ बजे अगाडि फोन गरेमा त्यही दिन र त्यसपछि फोन गरेरको खण्डमा भोलिपल्ट नै निफ्राको पैसा हालिदिने गरेका छौं ।’ श्रेष्ठले एचआइडीसीएलको विषयमा भने सरकारबाटै स्वीकृति आउनुपर्ने भएकोले केही समय ढिलो भएको स्वीकार गरिन् । ‘यो विषयमा हामीले पनि एचआइडीसीएलमा कुरा गरेका छौं, तपाइँहरुले पनि फ्लो गरिदिनु पर्यो ।’ बिजशालाले निफ्रामा सम्पर्क गर्न खोज्दा कुनै पनि उपल्लो तहका कर्मचारी सम्पर्कमा आउन चाहेनन् ।

कार्यालयको फोन उठाउने एक महिला कर्मचारीले केही उपल्लो तहका कर्मचारी बिदेश भ्रमणमा रहेका र केही भने कार्यालयबाहिर रहेको जानकारी दिइन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.