बुधबार, असार १८,२०८२ 12:01:58
  • बुधबार, असार १८,२०८२ 12:01:58
Global IME Bank Limited

दशैं अघिसम्म बजार २५ सय विन्दुसम्म पुग्न सक्ने, यस्ता छन् २ विकल्प र आधार

Hyundai Nepal
दशैं अघिसम्म बजार २५ सय विन्दुसम्म पुग्न सक्ने, यस्ता छन् २ विकल्प र आधार
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २०६८.३१  को विन्दुुमा बन्द भएको बजार यो साता २०५१.९२ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १६.३९ अंकको गिरावट आयो । अघिल्लो साता बजारमा ४३.३८ अंकको गिरावट आएको थियो ।  

यो साता दोस्रो बजारमा २१.४१ अर्बबराबरको कारोबार भयो । बजारमा अघिल्लो साता १६.८० अर्बबराबरको कारोबार भएको थियो । यस हिसावले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबैमा गिरावट आएको छ । अघिल्लो साताको तुलनामा यो साता बजार घट्दा कारोबार भने बढ्यो । यो साता बजार पूँजीकरण ३२.५३ खर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ३२ खर्ब ७९ अर्ब रहेको थियो   । यस हिसाबले यो साता बजारमा गिरावट आउदा बजार पूँजीकरण २६ अर्बले घट्न पुगेको छ ।  

प्राविधिक पक्ष  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर एक दिनदेखि एक सय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने ५ वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत गर्छन् ।

विकल्प १ः इलिअट वेभअन्तर्गत हालको बजारलाई यसका गाइडलाइन र फिवानासी अन्तगर्त मिलाएर हेर्दा २ वटा विकल्पलाई अगाडी सार्न सकिन्छ । बजार अनुसन्धान र इलिअट वेभलाई संयुक्त रुपमा जोडेर हेर्दा पहिलो विकल्पमा हालको करेक्सन २ हजार भन्दा तल जाँदैन भने बजारले अगामी भदौ असोजभित्र अर्थात दशैंं अगाडि २५ सय आसपाससम्मको यात्रा तय गर्न सक्छ । जसअन्तर्गत इलिअट वेभको सिद्धान्त अनुसार सन् २०२३ को मे महिनादेखि जुन जुलाईसम्म वेभ १ चलेको थियो ।  

जसमा बजार १८ सय देखि २२ सय माथि पुगेको थियो । त्यसैगरि, वेभ २ मा बजार पुनः १८ सयसम्म करेक्सन भयो । साथै, बजारले सन् २०२४ को जनवरीमा वेभ ३ भित्रको १ बनायो । वेभ ३ भित्रको २ मा बजार करेक्सन भएर १९५० सम्म आयो । त्यहाँबाट माथि लागेको बजार अब ३ भित्रको ३ बनाउँदै नयाँ उचाईतर्फ लाग्छ भन्ने हो । यस आधारमा बजार चलेको खण्डमा अबको एक वर्षभित्र वेभ ५ पुरा हुँदा  बजार ३ हजार आसपास पुग्छ भन्ने पहिलो बिकल्प हो ।  

यसरी बजार चल्ने आधारभूत आधार भनेको पछिल्लोपटक बजारले १९५० विन्दुमा बलियो सपोर्ट लिनु अर्थात डाउ थेउरीअन्तर्गत हायर–लो बनाउनु हो । यसका साथै अन्य आधार भनेको घट्दो ब्याजदर तथा बढ्दो तरलता र क्रमशः आईरहेका राष्ट्र बैंकका लचक नीति हुन् । यी सबै आधारका कारण हाम्रो विश्लेषणमा पहिलो विकल्पमा बजारले अब गति लिन्छ भन्ने नै हो ।  

विकल्प २ः दोस्रो विकल्पअन्तर्गत यसपटकको बढोत्तरीमा पनि यदि बजार पहिलेको प्रातिरोध २२५० विन्दुभन्दा माथि जान सक्दैन भने अझै केही सयम साइड वेज चल्न सक्छ । यदि यसो भयो भने पहिलो विकल्प अमान्य हुने छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड,म्याक्डी र आरएसआई  

बजारलाई बोलिङ्गर ब्याण्डको आधारमा डेली बेसमा हेर्दा अपर ब्याण्डबाट खसेको बजारले तल्लो ब्याण्डमा छोएको छ । म्याक्डीमा वियरिक्रस ओभर बनेको छ भने हिस्टोग्राम पनि नेगेटिभ र लामालामा हुँदै गएका छन् । आरएसआई न्युृट्रल जोनबाट तल खसेर ४४ को तहमा पुगेको छ । यदि आगामी दिनमा पनि बजारमा करेक्सन आएको खण्डमा बजार ओभर बट जोन नजिक आउन सक्छ । साप्ताहिक बेसमा हेर्दा अपर ब्याण्डबाट खसेको बजारले मध्य ब्याण्ड अर्थात २०३५ आसपास बलियो सपोर्ट लिन सक्ने देखिन्छ ।  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२१५५

प्रतिरोध २ –२१३६

प्रतिरोध १– २१०२

पिभट प्वइन्टः २०८३

घटेमा सपोर्ट  

सपोर्ट १– २०४९

सपोर्ट २– २०२९

सपोर्ट  ३ –१९९५

निष्कर्षः अघिल्लो साता घटेको बजार यो साता पनि निरन्तरता पाएको छ । तर यो साता अघिल्लो साताको तुलनामा छोटो क्याण्डल बनेको छ । यो साता बजार घट्दा कारोबार भने बढेको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट अल्पकालिन रुपमा नियाल्दा आगमी साता पनि सामान्य करेक्सन आउन सक्छ । तर मध्य र दीर्घकालिन रुपमा हेर्दा अब बिस्तारै माथिको यात्रा तय गर्न सक्ने छ । यो साताको बजारलाई विभिन्न क्षेत्र अनुसार नियाल्दा विकास बैंक , वित्त समूह , जलविद्युत समूह , अन्य समूह र म्यचुअल फण्डमा बढोत्तरी आयो भने बाँकीमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.