बुधबार, असार १८,२०८२ 07:41:47
  • बुधबार, असार १८,२०८२ 07:41:47
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज

Hyundai Nepal
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिको असार १४ गतेको निर्णयले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।

बोर्डको अध्यक्ष पदका लागि १९ जनाबाट आवेदन परेको थियो । जसमध्ये छनौट समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । तर समितिले ५ जनालाई आफ्नो व्यवसायिक कार्यपत्र प्रस्तुत गर्न भने लामो समयसम्म बोलाउन सकेको थिएन । यो प्रक्रिया बजेटलगायत अनेक बाहनामा अगाडि बढ्न सकेको थिएन । यस्तोमा सरकारले सर्टलिस्टमा परेका ५ जनालाई पहिलोपटक कार्यपत्र प्रस्तुत गर्न बोलाएको थियो । तर कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि भने २ जना मात्रै उपस्थित भएका थिए भने अन्य ३ जनाले बहिष्कार गरेका थिए ।  

अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा २ जना मात्रै कार्ययोजना तथा अन्तर्वार्ताका लागि सहभागी भएपछि समितिले यसअघि अनुपस्थित भएका ३ जनालाई कार्ययोजना प्रस्तुतिकरणका लागि पुनः बोलाएको थियो । दोस्रोपटक पनि ३ नै जना उपस्थित भएका थिएनन् ।  

पहिलोपटक बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए । सर्टलिस्टमा परेका मध्य डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई गरी ३ जनाले भने अन्तर्वार्ता बहिष्कार गरेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसपछि गत असार ५ गते बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव मागेको थियो । महान्यायाधिवक्ता कार्यालयले समितिलाई  २ जनाको नाम सिफारिस गर्न नमिल्ने र कम्तीमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव दिएको थियो ।

महान्याधिवक्ता कार्यालयले कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले कम्तीमा ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्न सक्नेसहितको लिखित जवाफ दिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.