बुधबार, असार १८,२०८२ 07:21:36
  • बुधबार, असार १८,२०८२ 07:21:36
Global IME Bank Limited

सेयर बजारमा रौनक फर्कदा लगानीकर्तामा ‘फोमो’, भन्छन् ‘बेच्यो कि पछुतायो’

Hyundai Nepal
सेयर बजारमा रौनक फर्कदा लगानीकर्तामा ‘फोमो’, भन्छन् ‘बेच्यो कि पछुतायो’
Nabil Bank Limited

काठमाण्डौ । नेपाली सेयर बजारमा कुनै समय ‘सेयर छोयो कि पोल्यो’ अर्थात ‘किन्यो कि नोक्सान’ को अवस्था थियो । यहि कारण सेयरको मूल्य दैनिक घटेर अधिकांश कम्पनीको सेयर भाउ आईपीओकै मूल्यमा झरेका थिए । लगानीकर्ता केही बैंक तथा जलविद्यु्त कम्पनीको नाम सुन्न समेत चाहदैनथे । तर अहिले सेयर बजारमा माहोल निकै फेरिएको छ । बजारमा लगानीकर्ताहरुमा ‘फोमो’ अर्थात फियर अफ मिसिङ आउटले काम गरेको छ ।  

असार १६ गते २०३२ को विन्दुमा रहेको बजार त्यहाँदेखि भि– सेपमा बढेर आज २ हजार ४२४ विन्दुमा बन्द भएको छ । पछिल्लो १४ कारोबार दिनमा नेप्से परिसूचक ४ सय अंक भन्दा बढीले वृद्धि भईसकेको छ । यसरी दैनिक सेयर बजार बढ्न थाले पछि अहिले बजारमा जसले बेच्यो उ पछुतायो भन्ने नयाँ उखानको सिर्जना भएको छ । नबिल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ७७) मा भेटिएका अधिकांश लगानीकर्ताले अहिलेको अवस्थामा सेयर बजारमा सेयर फाल्नेले पछुताउनु पर्ने बताएका छन् ।

CG Motors
Muktinath Bikas Bank Limited

ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने ‘कुनै बेला थियो सेयर किन्यो कि पुछुताउनु पर्ने । अहिले समय फेरिएको छ । अहिले त बेच्यो कि पछुताउनु पर्ने अवस्था आएको छ ।’ उनको बोलीमा सहमति जनाउँदै अर्का एक लगानीकर्ता भन्छन्, ‘मलाइ पनि त्यही नै भएको छ । केही दिन अगाडी सानिमा बैंकको ३ हजार कित्तामा १७ हजार नाफा आयो भनेर बेचेको त आज राम्रै मूल्य बढ्यो । सेयर बजारमा साच्चै समय फेरिएछ  । अब त बेच्यो कि पछुताउनु पर्ने दिन आयो ।’  

यसैगरि, कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा भेटिएका लगानीकर्ताहरुको यस्तै धारणा रहेको पाइयो । यहाँ भेटिएका लगानीकर्ताले आज बजारमा केहि करेक्सनको अपेक्षा गरेको तर अनुमानविरित बजारले उनीहरुलाई गलत साबित गरिदिएको बताए । ‘बजार यतिबेला सेक्टर परिवर्तन हुँदै अघि बढ्दै छ । लौ हेर्नुस्, अपर हाइड्रो पनि बढ्न थाल्यो । केही दिन पहिले १६० मा आएको हाईड्रो २ सय पुग्न थाल्यो । यो भनेको लगानीकर्ताहरुको मनोबलको विषय हो । हिजोअस्ति हाइड्रो चल्यो आज बैंकिङ, अब पालो इन्स्योरेन्सको हो, ’एक लगानीकर्ताले भने ।  

त्यसैगरि, नासा सेक्युरिटिज (स्टक ब्रोकरु नम्बर ५८) मा भेटिएका लगानीकर्ताहरुमा पनि सेयर बेचेर पुछुतो र बुल छुट्ने डर रहेको पाइयो । तर यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने बजारले किन्ने र बेच्ने दुबै मौका दिने बताए । ‘सेयर बजारले छुटेका लगानीकर्ताहरुलाई पनि समेटेर लान्छ । बजार करेक्सन हुँदै अगाडी बढ्छ । फरक त्यति हो बुल बजारमा घट्ने कम र बढ्ने बढी हुन्छ,’ उनले भने ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.