बुधबार, असार १८,२०८२ 01:03:25
  • बुधबार, असार १८,२०८२ 01:03:25
Global IME Bank Limited

शिवम् सिमेन्टको आरएसआईमा वियरिस डाइभर्जेन्स, कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
शिवम् सिमेन्टको आरएसआईमा वियरिस डाइभर्जेन्स, कति–कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । शिवम् सिमेन्ट नेपालका सिमेन्ट कम्पनीहरु मध्य एक हो । यस कम्पनीलाई नेप्सेले उत्पादन तथा प्रसोधन समूहमा राखेको छ । हाल दोस्रो बजारमा शिवम् सिमेन्ट, घोराही सिमेन्ट र सर्वोत्तम सिमेन्टको कारोबार भएको छ ।  

आधारभूत पक्षः  

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चूक्तापूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा ४ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कुल पूँजी ९.४६ करोड रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १८८.१९ रुपैयाँ रहेको छ । रिर्टन अन इक्विटी २.८८ प्रतिशत रहेको कम्पनीको तेस्रो त्रैमाससम्म खुद मुनाफा २० करोड ४२ लाख ८२ हजार रहेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटर  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल ७० को तहमा कमजोर बुलिस यात्रामा रहेको छ । यदि यस्तो मिटर ८० भन्दा माथि रहेमा स्ट्रङ बुलिस र २० भन्दा तल स्ट्रङ वियरिस रहेको मानिन्छ । यस कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ६१६ रुपैयाँ र न्यून मूल्य ४५४ रुपैयाँ रहेको छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा रुपान्तरण भएको छ ।  

बोलिङ्गर म्याक्डी आरएसआई

यस कम्पनीको बोलिङ्गर ब्याण्डको आवरली चार्टमा आज अपर ब्याण्डमा रातो क्याण्डल बनेको छ । म्याक्डीमा भने यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक नै रहेको छ । आरएसआई भने करिब ८० को ओभर बट जोनबाट खसेर हाल ६० को तहमा पुगेको छ । तीन वटै इन्डिकेटरबाट नियाल्दा यस कम्पनीमा बिक्री दबाव परेको देखिन्छ । अर्थात आरएआईमा वियरिस डाइभर्जेन्स बनेको छ ।  

पिभट् विश्लेषण

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधारमानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –६७७

प्रतिरोध २ –६३८

प्रतिरोध १– ६३८

पिभट प्वइन्टः ६०२

घटेमा सपोर्ट  

सपोर्ट १– ५२८

सपोर्ट २– ४८९

सपोर्ट  ३ – ४५३

निष्कर्षः  आधारभूत रुपमा यो कम्पनीलाई नियाल्दा पछिल्ला वर्षहरुमा कम्पनीको बुक भ्यालु , प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी घटेको देखिन्छ । कम्पनीको बुक भ्यालु करिव ९ प्रतिशत , प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी भने अघिल्लो आर्थिक बर्षको तुलनामा ४४.११ र ३८.६३ प्रतिशतले गिरावट आएको छ । खूद मूनाफा पनि ३६ प्रतिशतले गिरावट आाएको छ ।  

प्राविधिक रुपमा यो कम्पनीको सेयरभाउ फियर एण्ड ग्रिड मिटरमा कम्जोर  बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यद्यपी आज बोलिङ्गरको अपर ब्याण्डमा वियरिस प्रकृतिको ह्याम्मर क्याण्डल बनेको छ । त्यसैगरि, आरएसआईमा ओभर बट जोनमा पुगेको छ भने वियरिस डाभर्जेन्स बनेको देखिन्छ  । यसकारण प्राविधिक रुपमा भने यो कम्पनीमा केही अल्पकालिन करेक्सन आउन सक्ने देखिन्छ  ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.