बिहीबार, असार १९,२०८२ 08:57:02
  • बिहीबार, असार १९,२०८२ 08:57:02
Global IME Bank Limited

गणपति लघुवित्तले घाटाबाट उम्कदै कमायो झण्डै ३ करोड नाफा, खराब कर्जा अनुपात पनि घटाउन सफल

Hyundai Nepal
गणपति लघुवित्तले घाटाबाट उम्कदै कमायो झण्डै ३ करोड नाफा, खराब कर्जा अनुपात पनि घटाउन सफल
Nabil Bank Limited

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट उम्कदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ८६ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी १५.६७ प्रतिशतले बढ्दै १३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी १६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ११ करोड ३० लाख रुपैयाँमा सीमित थियो । यस्तै संस्थाको सञ्चालन मुनाफा ४ करोड २७ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ९ करोड ५३ लाख र अन्य सञ्चालन खर्च २ रकोड ४० लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाको निक्षप संकलन ५८ करोड २१ लाख रुपैयाँबाट घटेर ४४ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ ।  

त्यस्तै कर्जा प्रवाह पनि २ अर्ब २६ करोडबाट घटेर २ अर्ब ५ करोड रुपैयाँ सीमित भएको छ । संस्थाको रिटेन्ड अर्निङ १५ लाख १४ हजार रुपैयाँ र रिजर्भ ८ करोड ८४ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५० लाख ४४ हजार रुपैयाँ रहेको छ ।  

अघिल्लो आवको चौथो त्रैमाससम्ममा ८.११ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात घटेर ४.७९ प्रतिशतमा खुम्चिएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १९.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.३७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९५.४२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १११.५९ गुणा र तरलता अनुपात ५.१७ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.