आईतवार, श्रावण ४,२०८२ 11:19:23
  • आईतवार, श्रावण ४,२०८२ 11:19:23
Global IME Bank Limited

आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने

Hyundai Nepal
आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने
Shivam Cement

काठमाण्डौ । आगामी साता सेयर बजारमा ३ दिन मात्रै कारोबार हुने भएको छ । आगामी साता २ दिन सर्वाजनिक बिदा परेकाले सेयर बजार ३ दिन मात्रै खुल्ने भएको हो ।  

सोमबार जनै पूर्णिमा र मंगलबार गाईजात्रा(काठमाण्डौ उपत्यका मात्रै)को सार्वजनिक बिदा परेकाले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बन्द रहनेछ । त्यसैले आम रुपमा साताको कुल ५ दिन कारोबार हुने बजारमा आगामी साता भने बाँकी ३ दिन मात्रै कारोबार हुनेछ ।  

पछिल्लो समय नेपाली सेयर बजार निरन्तर उकालो लागिरहेको छ । अहिले नेप्से ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । गत बिहिबारको कारोबारमा नेप्से परिसूचकले ३ हजार विन्दुको आँकडा पार गरेको थियो । सो दिन कारोबार रकमले पनि नयाँ रेकर्ड कायम रोखेको थियो ।    

आगामी बजारले अहिलेसम्मको वृद्धिलाई कसरी आत्मसाथ गर्दै अघि बढ्छ र लगानीकर्ताको बजारप्रतिको सेन्टिमेन्ट कस्तो हुनेछ भन्ने विषय भने हेर्न लायक हुनेछ । यतिबेला लगानीकर्ता नेप्से परिसूचकले यसअघिको अल टाइम हाई ब्रेक गर्नेमा विश्वस्त देखिएका छन् । तर यसका लागि कति समय पर्खनु पर्ने हो त्यो आगामी बजारको प्रदर्शनले तय गर्नेछ ।   

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.