बुधबार, असार १८,२०८२ 06:42:16
  • बुधबार, असार १८,२०८२ 06:42:16
Global IME Bank Limited

‘इलिअट वेभ र पेस्टल’ विश्लेषणको आधारमा पाँचौ वेभसम्ममा नेप्से ३६ सयसम्म पुग्न सक्ने (प्राविधिक आधारसहित )

Hyundai Nepal
‘इलिअट वेभ र पेस्टल’ विश्लेषणको आधारमा पाँचौ वेभसम्ममा नेप्से ३६ सयसम्म पुग्न सक्ने (प्राविधिक आधारसहित )
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ कारोबारमा बजार ४ दिन बढ्यो भने १ दिनमात्रै घट्यो । अघिल्लो साता २ हजार ७६६.३८ को विन्दुमा बन्द भएको बजार यो साता ३ हजारको विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २३४.४३ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजारमा १०.७६ अंकले बढेको थियो ।  

यो साताको ५ दिनको कारोबारमा १ खर्ब २८ अर्बको सेयर कारोबार भयो । अघिल्लो साता भने बजारमा ८३ अर्बबराबरको कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४७.६६ खर्ब रुपैयाँ पुग्यो । गत साता भने  बजार पू्ँजीकरण ४३.९१ खर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले यो साता नेप्से बढ्दा बजार पूँजीकरण पनि ३.७५ खर्बले बढेको छ ।

पेस्टल विश्लेषण(PESTEL): 

पेस्टल विश्लेषण भनेको वर्तमान समयको पूँजी बजारमा राजनीतिक, आर्थिक, सामाजिक, वातावरण, कानूनी विषय र प्रविधिको विश्लेषण हो । जसमा राजनीतिमा सरकारको नीति तथा नियम, नेतृत्व विश्लेण गरिन्छ । त्यसैगरि, आर्थिक विषयमा मुद्रा स्फीति तथा ब्याजदर, देशको आर्थिक वृद्धि तथा रोजगार पर्ने गर्छ । सामाजिक तत्वमा उमेर समूह पर्छ । जसमा अहिलेको पूँजीबजारमा युवाको अकार्षणलाई लिन सकिन्छ । त्यसैगरि, प्रविधिमा टिएमएस तथा मेरो सेयर जस्ता प्रविधिको विकासलाई लिन सकिन्छ । यसलाई समग्रमा पेष्टल विश्लेषणको रुपमा लिन सकिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्ष

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर एक दिनदेखि एक सय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्यमाथि जान ५ फरक÷फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने ५ वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सी ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो सातासम्म सेयर बजारमा लगातार ७ औं साता निरन्तर बढेको छ । यो साताको बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र कारोबार रकम समेतको आधारमा हेर्दा हालको बढोत्तरी माइनर डिग्रीको वेभ ३ कै निरन्तरता हुन सक्छ  । जसलाई कारोबार र भोल्युमले पनि पुष्टि गरेको छ । यदि आगामी साता पनि बजार ३ हजारको विन्दु माथि नै टिकेर कारोबार भएको खण्डमा बजारमा तेस्रो वेभले निरन्तरता पाउन सक्छ । बैकल्पिक रुपमा यदि बजार ३ हजार विन्दुबाट माथि टिक्न नसकेको खण्डमा यहीबाट चौथो वेभको कारेक्सन लिन पनि सक्छ ।

बढ्दो बजारले पनि टाइम करेक्नस र प्राइस करेक्सन लिने भएको कारण हालसम्म बजारले इलिअट वेभको सिद्धान्तअनुसार एउटा ठूलो मुभ भए पछि हालसम्म फिवोनसीको ३८ प्रतिशतको करेक्सन नभएको कारण यो करेक्सन पेन्डिङ नै रहेको मान्न सकिन्छ । अघिल्लोे बुल बजारलाई नियाल्दा पनि त्यसतो खालको करेक्नस बजारले अल टाइम ब्रेक गरे पछि मात्रै लिएको देखिन्छ । यस कारण अहिलेको बढोत्तरीमा पनि बजारले एकपटक अल टाइम हाई ब्रेक गरेर केही अंक बढे पछि मात्रै बजारले फिवोनसीको ०.३८ प्रतिशतको टाइम करेक्सन र प्राइस करेक्सन लिन सक्छ । हाल तेस्रो वेभ चलको बजारमा चौथो वेभको केरेक्सन पछि पाँचौ वेभ ३६ सयदेखि ४ हजार आसपास हुनेछ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

पछिल्लोपटकको बजार लामो समयदेखि बोलिङ्गर ब्याण्डको अपर ब्याण्डसँगे चलेकोे देखिन्छ । तर साताको अन्तिम कारोबारको दिन चार्टमा शुटिङ स्टार प्रकृतिको क्याण्डल बनेको देखिन्छ । यस्तो क्याण्ड भ्यालिड र इन्भ्यालिड दुवै हुन सक्छ । यदि बजार ३ हजार ४० भन्दा माथि–माथि टिकेमा बजारले अप ट्रेन्ड लिन सक्छ । तर बजार २९६० विन्दु भन्दा तल खसेमा भने बजार केही समय साइडवेज पनि चल्न सक्छ । म्याक्डीमा बजार बुलिस क्रसओभर नै चलेको छ । हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई भने लामो समयदेखि ओभर बट जोनमा चलेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार बुल ट्रेन्डमा चलेको  देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फ सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३७८५

प्रतिरोध २ – ३२८८

प्रतिरोध १–  ३०२४

पिभट् प्वइन्टः २५२७

घटेमा सपोर्ट  

सपोर्ट १– २२६०

सपोर्ट २– १७६०

सपोर्ट  ३ – १७६०

निष्कर्षः यो साता सम्म सेयर बजार सातौं साता निरन्तर उकालो लागेको छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । डाउ थेउरी अथवा प्राइस एक्सनबाट नियाल्दा पनि बजारले हायर हाई र हायर लो का सिरिजहरु बनाएको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा बजारमा यो साता एक खर्ब २८ अर्ब कारोबार भएको छ । यद्यपी बजार संधै बढेको बढ्यै गर्न नसक्ने भएको कारण बजारमा आगामी साता केही करेक्सन हुन्छ भने यसले बजार थप मजबुत नै हु्ने छ । अहिलेको बजारको मुमेन्टम, कारोबार भोल्युम तथा बजारमा नयाँ लगानीकर्ताहरुको आकर्षणलाई समेत मध्य नजर गरेर इलिअट वेभ तथा ‘पेस्टल’ विश्लेषण मार्फत बजारलाई नियाल्दा हालको बजारको यात्रा करिब ३६ सयदेखि ४ हजार विन्दु आसपास सम्म पुग्न सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.