बुधबार, असार १८,२०८२ 06:23:09
  • बुधबार, असार १८,२०८२ 06:23:09
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा १८८.०३% को उछाल,रिटेन्ड अर्निङमा ३६.२४% को वृद्धि

Hyundai Nepal
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा १८८.०३% को उछाल,रिटेन्ड अर्निङमा ३६.२४% को वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

जसअनुसार कम्पनीको खुद नाफा १८८.०३ प्रतिशतले बढ्दै १ करोड ६३ लाख ५४ हजार रुपैयाँ पुगको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ५६ लाख ७७ हजार रुपैयाँमा सीमित थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको लगानी आम्दानी भने ३१.६७ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६२ लाख ९३ हजार रुपैयाँ रहेको कम्पनीको लगानी आम्दानी ४३ लाखमा झरेको छ । कम्पनीको वित्त आय पनि ४१.६६ प्रतिशतले घटेर १ करोड २३ लाखमा सीमित भएको छ ।  

कम्पनीको कुल खर्च ५४ लाख ९१ हजार रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ३६.२४ प्रतिशतले बढेर ६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ०.४६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर १.३४ रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०२.०२ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.