बुधबार, असार १८,२०८२ 08:49:30
  • बुधबार, असार १८,२०८२ 08:49:30
Global IME Bank Limited

प्रतिकित्ता ३९०० सम्म पुगेको एभरेष्ट बैंकको सेयर हाल बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
प्रतिकित्ता ३९०० सम्म पुगेको एभरेष्ट बैंकको सेयर हाल बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक नेप्सेमा सूचिकृत १९ वटा वाणिज्य बैंकहरु मध्ये एक हो । यो बैंक भारतको पंजाब नेसनल बैंकको ज्वाइन्ट भेञ्चर बैंक हो । पंजाब नेसनल बैंक भारतमा सन् १९९४ मा स्थापित भएको थियो । नेपालमा यो बैंकका १२८ वटा शाखा रहेका छन् भने १६४ वटा एटीएम रहेका छन् ।  

आधारभूत पक्षः  

गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६  करोड ७९ लाख रुपैंयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङ ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १२ अर्ब २५ करोड ८२ लाख रुपैंया रहेको कम्पनीको कुल पूँजी २७ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।  

त्यसै गरि कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३१.४५ रुपैंया रहेको छ भने बुक भ्यालु २३६ रुपैँया रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी १३.३२ रुपैँया र खराब कर्जा ०.७१ प्रतिशत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । फियर एण्ड ग्रिड मिटर यदि २० भन्दा तल चलको छ भने स्ट्रङ वियरिस तथा ८० भन्दा माथि चलेमा स्ट्रङ बुलिस मानिन्छ । हाल यो कम्पनीको सेयर भाउ ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य ७७० रुपैयाँ तथा न्यून मूल्य ४५३ रुपैंया रहेको छ । कम्पनीमा ५९.३ प्रतिशत संस्थापक र ४०.७७ प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ । कम्पनीको १० वर्षको औषत लाभांशदर करिब २७ प्रतिशत रहेको छ । हाल कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुक क्लोज हुन भने बाँकी नै रहेको छ ।  

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल मध्य ब्याण्ड भन्दा तल चलेको छ । अर्थात आज तल्लो ब्याण्डमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले कम्पनीको सेयर आगामी दिनमा रिभर्सल हुन सक्ने देखिन्छ । म्याक्डीमा यस अघि बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआइ न्यूट्रल जोन भन्दा तल ४७ को तहमा चलको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयरमा हाल बिक्री दबाबमा चलको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ९३०

प्रतिरोध २ – ८६०

प्रतिरोध १–  ८००

पिभट प्वइन्टः६९२  

घटेमा सपोर्ट  

सपोर्ट १– ६७०

सपोर्ट २– ६००

सपोर्ट  ३ – ५४०

निष्कर्षः गत आर्थिक वर्षको तुलनामा कम्पनीको चुक्तापूँजी १० प्रतिशतले बढेको छ । कम्पनीको चुक्तापूँजी बढेता पनि त्यही अनुसार प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी बुक भ्यालुमा खासै प्रगति भएको देखिदैन । तर कम्पनीको जगेडा कोष भने करिब २० प्रतिशतले बढेको छ ।

प्राविधिक रुपमा यस कम्पनीलाई नियाल्दा फियर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्टमा चलेको छ । म्याक्डीमा भने वियरिस क्रसओभर नै चलेको छ भने हिस्टोग्राम पनि नेगेटिभ नै चलेका छन् । यस हिसाबले कम्पनीको सेयर केही सयम साइडवेज पछि भने बुलिस यात्रा तय गर्न सक्छ । सन् २०१६ को बुलमा यो कम्पनीको सेयर भाउ ३९ सय सम्म पुगेको थियो । हाल कम्पनीको सेयर ६९२ मा अन्तिम कारोबार भएको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.