Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कारोबारको अन्तिम समयमा किन घटिरहेको छ सेयर बजार ? लगानीकर्ताले पोख्न थाले आक्रोश

Laxmi Sunrise Bank Limited
कारोबारको अन्तिम समयमा किन घटिरहेको छ सेयर बजार ? लगानीकर्ताले पोख्न थाले आक्रोश
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय ३ हजारको विन्दुबाट खसेको सेयर बजार आज २६१० विन्दुमा बन्द भएको छ । यो बीचमा एक दिन ठूलो अंकले बढेको बजार प्रायः दिनभर बढेर अन्तिम समयमा घट्ने गरेको छ । 

पछिल्लो समय अन्तिम घण्टामा बजार सम्हालिन नसकेपनि कारोबार भने बढेको देखिन्छ । बजार ३ हजार विन्दुमा पुग्दा ३० अर्बबराबरको उच्च कारोबारबाट अहिले घटेर ६/७  अर्बमा खुम्चिएको छ ।    

आखिर किन यसरी अन्तिम समयमा बजार घटिरहेको छ त ? यस विषयमा लगानीकर्ताहरु तथा  ब्रोकरहरुले आ–आफ्नै तर्क राख्ने गरेका छन् ।  

Bizshala
New Office
CG Motors

आज नागरिक स्टक डिलर (स्टक ब्रोकर नम्बर ६०) मा भेटिएका केही लगानीकर्ताहरुले भने बजार नियोजित रुपमा साना लगानीकर्ता तर्साउन घटाइएको आरोप लगाए ।  

यस ब्रोकरमा भेटिएका केही महिला लगानीकर्ताहरुले २ बजे पछिको कारोबार साना लगानीकर्ता तर्साएर कित्ता खोस्न खेलिएको खेल भएको आरोप लगाए । ती महिला लगानीकर्ताले भनिन्, ‘कहिले बैंकिङ इन्डेक्स झारेर कित्ता खोसिएको छ भने कहिले अन्य कुनै ठूलो क्याप भएका एनटीसी ,नेपाल लाइफ जस्ता कम्पनी घटाएर बजार झारेका छन् ।’  

उनले बजार बढ्न पनि हाइ क्यापका कम्पनी उचालिएको र घटाउन पनि हाई क्याप नै चलाइएको दाबी गरिन् । ‘खासगरि फाइनान्स समूहलाई तर्साउन सेयर बजार घटाइएको हो यसबाट  हामी तर्सिदैनौ, उनले भनिन् । ती महिला लगानीकर्ताले बजार बढ्दा संसदमा बोल्नेहरु बजार घट्दा र लगानीकर्ताको सम्पति स्वाह हुँदा भने कोही पनि नबोलेकोमा आक्रोस पनि पोखिन् ।  

यस्तै कलश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ७४) का सञ्चालकले भने नियोजित रुपमा बजार घटाइको बिषयमा सहमत भएनन् । उनले भने, ‘सबैले बढ्न थाले पछि किन्ने र घट्न थाले पछि पर्ख र हेरको अवस्थामा हुने हुँदा बजार घटेको हो । अहिले चाडपर्व समेत नजिक आएको छ । सबैले पैसाको जोहो गर्दा बजारमा दबाब परेको पनि हुन सक्छ ।’  

यसै गरि नेपाल इन्भेष्टर्स फोरम निबर्तमान अध्यक्ष छोटेलाल रौनियारले पनि बजार कुनै न कुनै तत्वले नियोजित रुपमा घटाएको हुन सक्ने आँकलन गरे । ‘यस विषयमा धितोपत्र बोर्डले ४ घण्टा नै बजार हेरेर बजारमा अनियमितता गर्ने माथि कारबाही गर्नु पर्ने हुन्छ,’ रौनियारले बताए ।  

क्लबहाउसमा बोल्ने अधिकांश लगानीकर्ताहरुले पनि पछिल्लो समय कारोबारको अन्तिम समयमा नियोजित रुपमा बजार घटाईएको भन्दै आक्रोस पोख्न थालेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.