बुधबार, असार १८,२०८२ 07:39:42
  • बुधबार, असार १८,२०८२ 07:39:42
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्टको घाटा ५९.४२ लाख,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

Hyundai Nepal
हाथवे इन्भेष्टमेन्टको घाटा ५९.४२ लाख,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

जसअनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड १० लाख रुपैयाँ नाफामा रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.१७८ प्रतिशत कम हो । कम्पनीको कुल खर्च बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेर ७८ करोड १६ लाख रुपैयाँमा सीमित भघएको छ ।  

कम्पनीको नगद मौज्जाद ४६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने कुल दायित्व ५२ करोड ४७ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.५१ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८३.४० कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.