बुधबार, असार १८,२०८२ 08:26:31
  • बुधबार, असार १८,२०८२ 08:26:31
Global IME Bank Limited

एशियन हाईड्रोपावर २.२९ करोड घाटामा,रिजर्भको आकार ७८.९८% ले घट्यो

Hyundai Nepal
एशियन हाईड्रोपावर २.२९ करोड घाटामा,रिजर्भको आकार ७८.९८% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेड २ करोड रुपैयाँ बढी घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी २ करोड २९ लाख ४९ हजार रुपैयाँ घाटामा रहेको छ ।  

अघिल्लो आवको पुस मसान्तसम्म भने कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको कुल खुद आम्दानी ६ करोड ७२ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.९४ प्रतिशतले कम हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म ८ करोडढ ८३ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको थियो ।  

त्यस्तै, कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ९४ लाख २१ हजार र वित्त खर्च ५ करोड ७७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ७८.९८ प्रतिशतले घटेर १ करोड ९० लाख रुपैयाँमा झरेको छ । ९ करोड रुपैयाँबराबरको चालु सम्पत्ति भएको कम्पनीको चालु दायित्व ६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.७५ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ १०५.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५२ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.