बुधबार, असार १८,२०८२ 07:01:30
  • बुधबार, असार १८,२०८२ 07:01:30
Global IME Bank Limited

राधी विद्युतको नाफा र वित्त आम्दानी वृद्धि,प्रतिसेयर आम्दानी कति ?

Hyundai Nepal
राधी विद्युतको नाफा र वित्त आम्दानी वृद्धि,प्रतिसेयर आम्दानी कति ?
Nabil Bank Limited

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको मुनाफामा ३६.२५ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको खुद नाफा ५ करोड ३६ लाख रुपैयाँमा सीमित थियो ।  

कम्पनीको खुद आम्दानी भने ६.१३ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६ करोड ८४ लाख रुपैयाँ खुद आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ६ करोड ४२ लाख रुपैयाँ मात्रै खुद आम्दानी गरेको छ । कम्पनीको वित्त आम्दानी भने १७१.९२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको वित्त आम्दानी ५ करोड ३५ लाख र अन्य आम्दानी ७ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको प्रशासनिक खर्च ७८ लाख ९१ हजार रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति ७१ करोड १ लाख र कुल चालु दायित्व ६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ८.७३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३३.३१ रुपैयाँ,तरलता अनुपात १०.१६ गुणा र मूल्य आम्दानी अन्ुपात ३०.९३ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.