बुधबार, असार १८,२०८२ 07:09:59
  • बुधबार, असार १८,२०८२ 07:09:59
Global IME Bank Limited

घलेम्दी हाईड्रोले ४.७१% ले घटायो घाटा,विद्युत बिक्री आम्दानी ७.१६% ले वृद्धि

Hyundai Nepal
घलेम्दी हाईड्रोले ४.७१% ले घटायो घाटा,विद्युत बिक्री आम्दानी ७.१६% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले ४.७१ प्रतिशतले घाटा घटाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको समीक्षा अवधिसम्म भने १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ ।  

कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ९२ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ७.१६ प्रतिशतले धेरै हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको कर्मचारी खर्च २५ लाख १८ हजार,प्रशासनिक खर्च ४२ लाख ६६ हजार र वित्त खर्च २ करोड ७३ लाख रुपैयाँ रहेको छ । कम्पनीको अल्पकालिन कर्जा ५ करोड ३६ लाख दीर्घकालिन कर्जा ८५ करोड ८३ लाख रुपैयाँ रहेको छ । दोस्रो त्र्रमाससम्म कम्पनीको रिजर्भको आकार १८ करोड २४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १.४० रुपैयाँ ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ८६.२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६१.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११९.७९ गुणा ऋणात्मक र तरलता अनुपात ८.८२ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.