बुधबार, असार १८,२०८२ 10:56:50
  • बुधबार, असार १८,२०८२ 10:56:50
Global IME Bank Limited

नेपाल वेयरहाउजिङले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने

Hyundai Nepal
नेपाल वेयरहाउजिङले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  

बैठकले आगामी कात्तिक ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह ३ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा  कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट, संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत  पारित गरिनेछ ।  

विशेष साधारण सभाको प्रयोजनका लागि कम्पनीले कात्तिक १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.