बुधबार, असार १८,२०८२ 07:46:55
  • बुधबार, असार १८,२०८२ 07:46:55
Global IME Bank Limited

डेढ महिना देखि अध्यक्षविहिन रहेको धितोपत्र बोर्डको आवेदनमा नै अलमल, को-को छन् चर्चामा ?

Hyundai Nepal
डेढ महिना देखि अध्यक्षविहिन रहेको धितोपत्र बोर्डको आवेदनमा नै अलमल, को-को छन् चर्चामा ?
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्ड  गत पुस २० गतेदेखि अध्यक्षविहिन रहेको छ । हाल धितोपत्र बोर्डका बरिष्ठ अधिकारी नबराज अधिकारीलाई निमित्तको अधिकार सुम्पिएको छ । त्यस लगतै अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादूर श्रेष्ठको संयोजकत्वमा तीन सदस्य समिति बनेको छ ।  

तर समितिले डेढ महिना वितिसक्दा पनि अध्यक्ष पदका लागि आवेदनसम्म माग गर्न सकेको छैन । स्रोतले दिएको जानकारी अनुसार दुईवटा सत्ताधारी पार्टी नेपाली काग्रेंस र नेकपा माओवादीबीच बोर्ड अध्यक्षको नाम टुँगो नलाग्दा आबेदन माग नै हुन सकेको छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

स्रोतका अनुसार पहिले अध्यक्षको नाम गोप्य रुपमा २ वटा दलले  टुंगो लगाए पछि मात्रै त्यही अनुसारको मापदण्ड राखेर आबेदन माग खुलाइनेछ । स्रोतका अनुसार धितोपत्रबोर्डको अध्यक्ष नेकपा माओवादी र अर्को बर्ष खाली हुँदै गरेको राष्ट्र बैंकको गभर्नर नेपाली काँग्रेसले पाउने सहमति भएको थियो । तर पछि नेपाली काँग्रसले एक बर्ष पछि खाली हुने पदमा अहिले नै सम्झौता हुन नसक्ने बताए पछि बोर्ड अध्यक्षको पदको आबेदन नै अलमलमा परेको हो ।  

गत विहीबार यही कारणले तीन सदस्य कमिटीको बैठक बसेता पनि आबेदन माग हुन नसकेको स्रोतले जनाएको छ । हाल धितोपत्र बोर्डका लागि बजारमा १० देखि १५ जनाको चर्चा सुनिन्छ । जसमा धितोपत्रबोर्ड भित्रैबाट हालको निमित्त अध्यक्ष नबराज अधिकारी , निबर्तमान अध्यक्ष रमेश कुमार हामलका विश्वसनिय पात्र भनेर चिनिएका मुक्ति नाथ श्रेष्ठ , बिनय देब आचर्य रहेका छन् ।  

त्यसगरी, धितोपत्र बोर्ड बाहिरबाट लगानी बोर्डका उपाध्यक्ष शुसील भट्ट , नेपाल राष्ट्र बैंकका तत्कालीन डेप्युटी गभर्नर  शिवराज श्रेष्ठ ,तत्कालीन  बीमा प्राधिकरणका अध्यक्ष चिरञ्जीबी चापागाई  , तत्कालीन एनएमबी क्यापिटका प्रमुख कार्यकारी अधिकृत मुक्ति अर्याल , तत्कालिन नेपाल स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउँद तथा हालका सीडीएसीको प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्य  लगाएत धितोपत्रबोर्डमा आकांक्षी रहेको बजारमा चर्चा रहेको  छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.