बुधबार, असार १८,२०८२ 12:15:01
  • बुधबार, असार १८,२०८२ 12:15:01
Global IME Bank Limited

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु, अन्तर्वार्ताका लागि फेरि डाकियो

Hyundai Nepal
सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु, अन्तर्वार्ताका लागि फेरि डाकियो
Nabil Bank Limited

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन(को अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु गर्ने भएको छ । बोर्डको अध्यक्ष छनौट गर्न गठित अध्यक्ष सिफारिस समितिले एक सूचना जारी गर्दै यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई पुनः कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको हो।  

तीनजना उम्मेदवारमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ रहेका छन् ।  

यी तीनै जना उम्मेदवारलाई आगामी मंसिर ९ गते बिहान ८ बजेका लागि कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ । समितिले अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई गत असोज १८ गते अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी अस्वस्थताका कारण उपस्थित नभएपछि अन्तर्वार्ता स्थगित भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिले बोर्ड अध्यक्षका लागि ५ जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए ।  

कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि २ जना मात्रै गएपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिको असार १४ गतेको निर्णयले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो ।  

तर, प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले सरकारलाई यो प्रक्रिया रद्द नगर्न र अहिलेको प्रक्रिया अनुसार नै बोर्डको अध्यक्ष नियुक्ति गर्न अन्तिरिम आदेश दिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.