कर्णाली डेभलपमेन्ट बैंकको नाफामा १९२.१५% को बढोत्तरी,खराब कर्जा अनुपात भने वृद्धि
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको मुनाफामा १९२.१५ प्रतिशतको बढोत्तरी आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।