घट्यो डलरको भाउ, यूरो र पाउण्डमा पनि गिरावट
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७२ र बिक्रीदर १३७.३२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२६ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम थियो ।

