मंगलवार, पुष ८,२०८२ 04:30:57
Bizshala
  • मंगलवार, पुष ८,२०८२ 04:30:57
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन
Capital Market

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४४९.५१ रुपैयाँ कायम भएको छ । बैंकको सेयरमूल्य समायोजन हुनुअघि प्रतिकित्ता ४६३ रुपैयाँ कायम थियो ।  

राधी विद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

राधी विद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि पुस ४ बुक क्लोज गर्दैछ ।  

ज्ञानेन्द्रलाल प्रधानविरुद्ध ‘इन्साइडर ट्रेडिङ’को मुद्दा, २६ करोड बढीको बिगो दाबी
Capital Market

ज्ञानेन्द्रलाल प्रधानविरुद्ध ‘इन्साइडर ट्रेडिङ’को मुद्दा, २६ करोड बढीको बिगो दाबी

काठमाण्डौ । सेयर बजारका ठूला लगानीकर्ता मध्येका एक मानिने ज्ञानेन्द्रलाल प्रधानलाई जिल्ला सरकारी वकिलको कार्यलयले २४ करोड बराबरको माग दावी गर्दै मुद्दा दायर गरेको छ ।  कार्यालयले प्रधानविरूद्ध काठमाण्डौ जिल्ला अदालतमा मंसिर २८ गते अभियोग पत्र दायर गरेको हो ।

हालसम्म १९ हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?
Capital Market

हालसम्म १९ हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्वाधिक हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । हाइड्रो समूहका ९१ वटा कम्पनीहरु नेप्सेमा सूचीकृत छन् । यसकारण पनि अधिकांश लगानीकर्ताको नजरमा सेयर खरिदबिक्रीमा हाइड्रो कम्पनी बढी पर्छन् ।  बजारमा अल्पकालिन लगानीकर्ता हाबी भएकाले सर्ट टर्म वा मिड टर्ममै लगानी गरी त्यसबाट नाफा कमाउन खोज्ने धेरै छन् । अहिले बजारमा आधारभुत पक्षमा...

नेप्सेको सपोर्ट जोनमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?
Capital Market

नेप्सेको सपोर्ट जोनमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?

काठमाण्डौ । आज दिनभर सामान्य उतारचढाव भएको सेयर बजार अन्तिम समयमा झिनो अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा २ दिन लगातार घटेको नेप्सेको सपोर्ट जोनमा डोजी स्टार बनेको देखिन्छ ।  सेयर तथा सूचकको सुरु र अन्तिम मूल्य एउटै भएर तल–माथि लामो धागो बनेको खण्डमा डोजी क्याण्डल बन्ने गर्छ । यसबाट बजारमा विस्तारै आपूर्ति कमजोर हुँदै गरेको तथ्यलाई संकेत गर्छ । यो...

शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च बिक्री, सूमेरुबाट सर्वाधिक खरिद
Capital Market

शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च बिक्री, सूमेरुबाट सर्वाधिक खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च बिक्री भएको छ भने २ वटाबाट मात्रै उच्च खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २८ करोड ३९ लाखको खरिद भएको छ भने २४ करोड ११ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोड ८८ लाखको खरिद भएको छ भने १८ करोड ५२ लाखको बिक्री भएको  छ ।  

आईपीओ निष्कासन गर्न आइएमई र नागरिक लगानी कोषबीच सेयर प्रत्याभूति सम्झौता
Capital Market

आईपीओ निष्कासन गर्न आइएमई र नागरिक लगानी कोषबीच सेयर प्रत्याभूति सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरे ।  

खराब वित्तीय अवस्थाका बावजुत फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण, ४ महिनामा झण्डै खर्बको कारोबार
Capital Market

खराब वित्तीय अवस्थाका बावजुत फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण, ४ महिनामा झण्डै खर्बको कारोबार

काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये फाइनान्स कम्पनीहरुमा लगानीकर्ताको सर्वाधिक आकर्षण बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको चार महिनाको तथ्याङ्कअनुसार फाइनान्स समूहका कम्पनीहरुको कारोबार उल्लेख्य बढेको छ ।  कात्तिक मसान्तसम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको ९९ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो साउन महिनाको तुलनामा १५५.६४ प्रतिशत...

एनएमबि क्यापिटलले पायो ‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’ योजना निष्कासनको अनुमति
Capital Market

एनएमबि क्यापिटलले पायो ‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’ योजना निष्कासनको अनुमति

काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासनको स्वीकृती पाएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’ निष्कासनका लागि पुस २ गते अनुमति पाएको हो ।  

एसएमई प्लेटफर्म अर्थ मन्त्रालयमै रोकियो, धितोपत्र बोर्ड अलमलमा
Capital Market

एसएमई प्लेटफर्म अर्थ मन्त्रालयमै रोकियो, धितोपत्र बोर्ड अलमलमा

काठमाण्डौ । केही समयपहिले धितोपत्र बोर्डले प्रस्ताव गरेको एसएमई प्लेटफर्म अर्थ मन्त्रालयमा नै रोकिएको छ । स्रोतका अनुसार नयाँ अध्यक्ष आएपछि अध्यक्ष नै अलमलमा पर्दा र नेप्से तथा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय नहुँदा प्रस्तावित एसएमई प्लेटफर्म अघि बढ्न नसकेको हो ।धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि पनि यस विषयमा अध्यक्ष अलमलमा नै रहेको स्रोतले दाबी गर्यो । यही कारण अर्थ...

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
Capital Market

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका ३१८ कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई...

झिनो अंकले बढ्यो नेप्से, कारोबार भने खुम्चियो
Capital Market

झिनो अंकले बढ्यो नेप्से, कारोबार भने खुम्चियो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात २.९५ अंकले बढेर २ हजार ६३३.८७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०८ प्रतिशतले बढेर ४५१.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२...

निर्धन उत्थान लघुवित्तद्वारा साधारण सभा र बुक क्लोजको मिति तय, यस्ता छन् मुख्य प्रस्ताव
Capital Market

निर्धन उत्थान लघुवित्तद्वारा साधारण सभा र बुक क्लोजको मिति तय, यस्ता छन् मुख्य प्रस्ताव

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ औं साधारण सभा आगामी पुस २६ गते काठमाण्डौको नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  संस्थाको सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनैपनि प्रस्ताव नगरेकाले लाभांशसँग सम्बन्धित कुनैपनि अजेण्डा सभामा पेश हुनेछैन ।  

बोटलर्स नेपालको दादागिरी: लाभांश नदिने निर्णय गरेको एकमहिनापछि मात्र नेप्सेलाई जानकारी
Capital Market

बोटलर्स नेपालको दादागिरी: लाभांश नदिने निर्णय गरेको एकमहिनापछि मात्र नेप्सेलाई जानकारी

काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले कमजोर नियमनको फाइदा कसरी उठाउँछन् र हाम्रा नियामकहरुलाई कतिसम्म नजरअन्दाज गर्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ बोटलर्स नेपाल लिमीटेड ।  नेप्सेमा सूचीकृत यो कम्पनीले २०८१ मंसिर ५ गते सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०-८१ का लागि  सेयरधनीलाई कुनै लाभांश नदिने भनी गरेको निर्णय करिब एकमहिनापछि मात्र जानकारी गराएको छ । 

'व्यक्तिगत र निश्चित कम्पनीको कारोबार विवरण मागिएको छैन, म आफ्नो प्रोटोकलभन्दा बाहिर जाँन्न'-सेबोन अध्यक्ष
Capital Market

'व्यक्तिगत र निश्चित कम्पनीको कारोबार विवरण मागिएको छैन, म आफ्नो प्रोटोकलभन्दा बाहिर जाँन्न'-सेबोन अध्यक्ष

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूले कुनै पनि ठूला लगानीकर्ताको कारोबार विवरण वा कुनै कम्पनी विशेषमा देखिएको ठूलो माग लगायतका विषयमा कुनै जानकारी नमागिएको दाबी गरेका छन् ।  बजारका केही ठूला लगानीकर्ताहरुले धितोपत्र बोर्डले अनावश्यक रुपमा आफूहरुको कारोबार विवरण, दैनिक रुपमा बजारमा कुनै कम्पनी विशेषको सेयरमा सिर्जना भएको अधिक...

ग्लोबल आइएमई लघुवित्तले पनि बनायो सेयरधनी निराश, लाभांश नदिने निर्णय
Capital Market

ग्लोबल आइएमई लघुवित्तले पनि बनायो सेयरधनी निराश, लाभांश नदिने निर्णय

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

चिलिमे जलविद्युतद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?
Capital Market

चिलिमे जलविद्युतद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले आव २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।  

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा
Capital Market

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरको हो ।  उक्त बैठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  

आज यी दुई कम्पनीको साधारण सभा बस्दै
Capital Market

आज यी दुई कम्पनीको साधारण सभा बस्दै

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज एशियन हाईड्रोपावर र सामलिङ्ग पावर कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  एशियन हाईड्रोपावरएशियन हाईड्रोपावरको छैठौं वार्षिक साधारण सभा ललितपुरमा रहेको द ईन्ट्रान्स क्याफेमा आयोजना हुनेछ।कम्पनीले सेयरधनीहरुका लागि लाभांशको प्रस्ताव नगरेकाले सभामा यससँग...

माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद निष्कासन मुख्य प्रस्ताव
Capital Market

माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आगामी पुस २८ गते ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा गत आवका लागि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, बोनस सेयर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.