४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.०६ प्रतिशत र निर्जीवन बीमा समूह ०.७२ प्रतिशतले घटेको छ।...

