नेपाल टेलिकमको लाभांश घोषणा, साधारण सभा समेत आह्वान
काठमाण्डौ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ बसेको सञ्चालक समितिको बैठकले प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।

