आईतवार, चैत्र २२,२०८२ 07:46:29
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 07:46:29
यस्तो रहेछ ओलीलाई पक्रन ढिलाई भएको कारण
NEWS

यस्तो रहेछ ओलीलाई पक्रन ढिलाई भएको कारण

काठमाण्डौ । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा दर्जनौ निहत्थाहरुको हत्या गरेको अभियोगमा उच्चस्तरीय छानबिन समितिबाट प्रमुख दोषी करार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अझै पक्राउ परिसकेका छैनन् ।  ओलीलाई हिजो मध्यरातिदेखि नै पक्राउ गर्ने प्रयास गरिएको भए पनि जरुरी पक्राउ पूर्जी लगायतका आवश्यक कागजात तयार गर्ने क्रममा केही ढिलाई हुँदा आज बिहानको राति...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
NEWS

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाण्डौ । जेनजी आन्दोलन दबाउने समयको सरकारका गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।  प्रहरी टोलीले भर्खरै लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेको हो । 

ओलीसँगै रमेश लेखकको घरमा पनि प्रहरी, दुवैलाई पक्राउ गर्ने तयारी
NEWS

ओलीसँगै रमेश लेखकको घरमा पनि प्रहरी, दुवैलाई पक्राउ गर्ने तयारी

काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत नियन्त्रणमा लिने तयारी तीव्र बनेको छ। प्रहरी स्रोतका अनुसार दुवै नेतालाई पक्राउ गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।यसैक्रममा भक्तपुरको गुण्डुस्थित ओली निवाससँगै कटुन्जेस्थित रमेश लेखकको घरमा पनि प्रहरी टोली पुगेको छ। दुवै स्थानमा सुरक्षा सतर्कता बढाइएको छ भने आवश्यक कागजी...

अन्ततः पक्राउ पर्ने भए ओली, कागजातसहित गुण्ड पुग्यो प्रहरी
NEWS

अन्ततः पक्राउ पर्ने भए ओली, कागजातसहित गुण्ड पुग्यो प्रहरी

काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियन्त्रणमा लिन प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निवास पुगेको छ। आवश्यक कागजातसहित पुगेको प्रहरी टोलीले पक्राउ प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।निवासमा रातभर एमालेका नेता-कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो। बिहानतिर प्रहरी टोली पुगेपछि बाहिर पनि समर्थकहरूको भीड झनै...

ओलीमाथि कारबाहीको संकेतपछि एमालेको शक्ति प्रदर्शन, २३ संगठन सडकमा जाने तयारी
NEWS

ओलीमाथि कारबाहीको संकेतपछि एमालेको शक्ति प्रदर्शन, २३ संगठन सडकमा जाने तयारी

काठमाण्डौ । आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही र सम्भावित पक्राउको चर्चा चुलिरहेका बेला नेकपा एमाले निकट २३ वटा जनसंगठन एकैपटक आक्रामक रूपमा प्रस्तुत भएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको निर्णयलाई “पूर्वाग्रहपूर्ण र प्रतिशोध प्रेरित” भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।

मध्यरातसम्म छलफल, शनिवार बिहानैबाट फोर्स स्ट्यान्डबाइ-ओली पक्राउ पर्दै !
NEWS

मध्यरातसम्म छलफल, शनिवार बिहानैबाट फोर्स स्ट्यान्डबाइ-ओली पक्राउ पर्दै !

काठमाण्डौ । जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै सुरक्षा संयन्त्र उच्च सतर्कतामा पुगेको छ भने सम्भावित राजनीतिक कारबाहीको संकेतसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास वरपर गतिविधि अस्वाभाविक रूपमा बढेको छ।

ओलीलाई पक्राउ गर्ने तयारीको छनकपछि अत्तालियो एमाले नेतृत्व, सचिवदेखि महासचिवसम्म विरोधमा
NEWS

ओलीलाई पक्राउ गर्ने तयारीको छनकपछि अत्तालियो एमाले नेतृत्व, सचिवदेखि महासचिवसम्म विरोधमा

काठमाण्डौ । बालेन शाह नेतृत्वको नवगठित सरकारले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गर्दै गृहमन्त्री सुदन गुरुंग उच्च सुरक्षा अधिकारीहरुसँग यस विषयमा निरन्तर छलफलमा जुटेपछि नेकपा एमालेको नेतृत्व हच्किएको देखिएको छ ।  जेनजी आन्दोलनका क्रममा दर्जनौं कलिला विद्यार्थीमाथि गोली दाग्ने तत्कालीन सरकारको नेतृत्व प्रधानमन्त्रीको...

पहिलो चरणमा सानो सचिवालय बनाए बालेनले, पूर्ण टिम सोमबारसम्म
ECONOMY& POLITICS

पहिलो चरणमा सानो सचिवालय बनाए बालेनले, पूर्ण टिम सोमबारसम्म

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ले पहिलो चरणमा सीमित सदस्यसहित सानो सचिवालय टिम गठन गरेका छन्। बाँकी सदस्यहरू भने सोमबारसम्म थपिने तयारी गरिएको छ।

ओली-लेखकमाथि तुरुन्त कारबाही ! सुरक्षा निकायमा भने अध्ययन समिति
ECONOMY& POLITICS

ओली-लेखकमाथि तुरुन्त कारबाही ! सुरक्षा निकायमा भने अध्ययन समिति

काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण लगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा गौरीबहादुर कार्की अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।बैठकले आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका व्यक्तिहरूमाथि तत्काल कारबाही अघि बढाउने निर्णय गरेको छ।

बालेन नेतृत्वको पहिलो क्याबिनेटबाट भए १०० निर्णय !
ECONOMY& POLITICS

बालेन नेतृत्वको पहिलो क्याबिनेटबाट भए १०० निर्णय !

काठमाण्डौ । बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय गरेको छ ।  एक मन्त्रीका अनुसार पूर्व तयारी अनुसार विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव तथा प्रधानमन्त्री बालेन शाहले कोरेको खाकाअनुसारका १०० वटा निर्णय भएका हुन् । जसलाई सरकारले 'शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय' भनेको छ । 

पोखरेललाई सरकारको प्रवक्ता जिम्मेवारी
ECONOMY& POLITICS

पोखरेललाई सरकारको प्रवक्ता जिम्मेवारी

काठमाडौँ । नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा तोकेको छ । 

जेनजी प्रतिवेदन कार्यान्वयन गर्ने बालेन क्याबिनेटको निर्णय
ECONOMY& POLITICS

जेनजी प्रतिवेदन कार्यान्वयन गर्ने बालेन क्याबिनेटको निर्णय

काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । शुक्रबार अपराह्न सिंहदरबारमा बसेको क्याबिनेट बैठकले आन्दोलनसँग सम्बन्धित सिफारिसहरू लागू गर्ने दिशामा अघि बढ्ने स्पष्ट संकेत दिएको हो ।

कक्षाबाट क्याबिनेटसम्म: गुरु र चेला एकैपटक मन्त्री
ECONOMY& POLITICS

कक्षाबाट क्याबिनेटसम्म: गुरु र चेला एकैपटक मन्त्री

काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार केवल राजनीतिक परिवर्तनको कथा मात्र होइन, संरचनागत र सांकेतिक सन्देश बोकेको क्याबिनेटको रूपमा पनि उभिएको छ । दुईतिहाइ नजिकको जनमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनसँगै नयाँ अनुहार, नयाँ ऊर्जा र नयाँ अभ्यास प्रस्तुत गरेको छ ।३६ वर्षकै उमेरमा प्रधानमन्त्री बनेर बहुदलीय व्यवस्थापछि सबैभन्दा कम उमेरका कार्यकारी...

योजना आयोगपछि महान्यायाधिवक्ता पनि बाहिरिन्, भण्डारीको राजीनामा
ECONOMY& POLITICS

योजना आयोगपछि महान्यायाधिवक्ता पनि बाहिरिन्, भण्डारीको राजीनामा

काठमाण्डौ । सरकार परिवर्तनसँगै संवैधानिक तथा उच्च पदाधिकारीहरूको बहिर्गमन क्रम जारी रहँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्षपछि महान्यायाधिवक्ता सविता भण्डारी बरालले पनि पदबाट राजीनामा दिएकी छन् ।निवर्तमान प्रधानमन्त्री सुशीला कार्की को नियुक्तिमा महान्यायाधिवक्ता बनेकी भण्डारीले प्रधानमन्त्री पदमुक्त भएसँगै आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय लिएकी हुन् ।...

नवनियुक्त अर्थमन्त्रीको ‘कानुनी क्लिनअप’: खारेजीको निर्णय गरिएका १५ ऐन कुन-कुन ?(सूचिसहित)
ECONOMY& POLITICS

नवनियुक्त अर्थमन्त्रीको ‘कानुनी क्लिनअप’: खारेजीको निर्णय गरिएका १५ ऐन कुन-कुन ?(सूचिसहित)

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले ले पदभार सम्हालेकै दिन १५ वटा पुराना तथा अप्रासंगिक ऐन खारेज गर्ने निर्णय लिएका छन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसका आधारमा ती ऐन हटाउने प्रक्रिया अघि बढाइएको हो।अर्थमन्त्री वाग्लेले वर्तमान आर्थिक संरचना र नीतिसँग मेल नखाने, दोहोरोपन र अनावश्यक नियन्त्रण सिर्जना गर्ने ऐनहरू हटाएर आर्थिक सुधारको बाटो...

बालेन सरकारको पहिलो क्याबिनेट बस्दै, के आउला सरप्राइज ?
ECONOMY& POLITICS

बालेन सरकारको पहिलो क्याबिनेट बस्दै, के आउला सरप्राइज ?

काठमाण्डौ । नयाँ राजनीतिक अध्याय सुरु भएसँगै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार आज पहिलो पटक क्याबिनेट बैठकमा जुट्दैछ। केहीबेरमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकलाई लिएर ‘सरप्राइज निर्णय’को चर्चा तीव्र बनेको छ।

३३ प्रतिशत महिला मन्त्री : बालेनको मन्त्रिपरिषदले रच्यो कीर्तिमान
ECONOMY& POLITICS

३३ प्रतिशत महिला मन्त्री : बालेनको मन्त्रिपरिषदले रच्यो कीर्तिमान

काठमाण्डौ । १८ वर्षपछि राज्यको समावेशी नीतिले पहिलो पटक मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हासिल गरेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहको नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिपरिषदमा ५ जना महिला मन्त्री नियुक्त भएका छन्। यो प्रतिशत ठ्याक्कै एक तिहाइ हो।

अर्थमन्त्रीको उद्घोष-'पोलिसी क्याप्चरको युग सकियो, अब आउने ऐनहरू ‘रेन्ट सिकिङ’का लागि हुने छैनन्'
ECONOMY& POLITICS

अर्थमन्त्रीको उद्घोष-'पोलिसी क्याप्चरको युग सकियो, अब आउने ऐनहरू ‘रेन्ट सिकिङ’का लागि हुने छैनन्'

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पोलिसी क्याप्चरको युग सकियो, अब आउने ऐनहरू ‘रेन्ट सिकिङ’का लागि हुने छैनन्’ भन्दै ठोस सुधारको संकेत गरेका छन् ।

निजामतीमा ‘क्लिन स्वीप’को संकेत, रास्वपा एक्शनमा
ECONOMY& POLITICS

निजामतीमा ‘क्लिन स्वीप’को संकेत, रास्वपा एक्शनमा

काठमाण्डौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ले निजामती प्रशासनभित्र सक्रिय दलगत समूह, अभियान र युनियन शैलीका संरचनाविरुद्ध कडा कदम चाल्ने संकेत दिएको छ ।

ओली अनुपस्थित, बधाई अनलाइन
ECONOMY& POLITICS

ओली अनुपस्थित, बधाई अनलाइन

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोहमा अनुपस्थित रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले भने सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिएका छन् ।शुक्रबार फेसबुकमार्फत उनले प्रधानमन्त्री शाहसहित नवनियुक्त मन्त्रिपरिषद् सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.