Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:02:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हकप्रद निष्कासनको अनुमति माग गर्दै ६ हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन

Laxmi Sunrise Bank Limited
हकप्रद निष्कासनको अनुमति माग गर्दै ६ हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा ६ वटा हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गरेका छन् । बोर्डसँग हकप्रद ल्याउन अनुमति माग्नेमा बाराही हाइड्रोपावर, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर छन् ।

पिपुल्स पावरले चुक्तापुँजीको ५० प्रतिशत र बाँकी ५ वटा कम्पनीले शतप्रतिशत हकप्रद ल्याउन सेबोनसँग अनुमति मागेका हुन् । बाराही हाइड्रो र पिपुल्स पावरले जेठ २४ गते, दोर्दी खोलाले असार ९ गते, राप्ती हाइड्रोले असार ११ गते, रिभर फल्सले असार १२ गते र शिव श्री हाइड्रोले असार २४ गते बोर्डमा निवेदन दिएका हुन् ।  

Bizshala
New Office
CG Motors

बाराही हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता, बाराहीले ३१ लाख ६३ हजार कित्ता, दोर्दी खोलाले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता, राप्ती हाइड्रोले ६१ लाख २७ हजार ९३८ कित्ता, रिभर फल्सले ७० लाख कित्ता र शिवश्री हाइड्रोपावरले १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई जारी गर्न बोर्डसँग अनुमति माग गरेका छन् ।  

हकप्रद बिक्री प्रबन्धकमा बाराही र राप्ती हाइड्रोको मुक्तिनाथ क्यापिटल, पिपुल्स पावर र रिभर फल्सको प्रभु क्यापिटल, दोर्दी खोलाको सानिमा क्यापिटल र शिवश्रीको सिटिजन्स क्यापिटल रहेका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.